नेपाल तामाङ घेदुङ इजरायलको महासचिवमा अनिला मोक्तान तामाङ

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको ७ अक्टुबर २०१८ (आईतबार) संस्थाकी अध्यक्ष श्रीमती अनिता तामाङको अध्यक्षतामा भएको विशेष बैठकद्वारा महत्वपुर्ण निर्णयहरु हुदै संस्थाका पदाधिकारीहरुको जिम्मेवारी परिवर्तन गरेको छ |
विशेष बैठक मार्फत संस्थाका महासचिव शरिन ख्युङ्बा (गोमा) तामाङले आफ्नो व्यक्तिगत कार्य ब्यस्तताको कारण महासचिवको पदबाट राजिनामा दिनु दिएकोमा राजीनाम स्वीकृत गरी सर्वसम्मतिले निवर्तमान उप-महासचिव श्रीमती अनिला मोक्तान तामाङलाई महासचिवमा मनोनय गरेको छ |
बैठक द्वरा निवर्तमान महासचिव शरिन ख्युङ्बा (गोमा) तामाङलाई संस्थाको सल्लाहकारमा मनोनयन गरेको छ |
बिशेष बैठकमा संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायत अन्तराष्ट्रिय तामाङ परिषदका सदस्य (इजरायल प्रतिनिधि) सुन्दर सिंह लामा तामाङ,संस्थापक अध्यक्ष उर्मिला पाखृन तामाङ,प्रमुख संरक्षक बी बी लामा तामाङ,संरक्षक कल्पना मोक्तान तामाङ ,प्रमुख सल्लाहकार माया तामाङ (दिप्मा) र सल्लाहकार मिश्री लामा तामाङ सहभागी रहेका थिए |
२२ असोज २०७५