हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

दिल्लीमा विनय तामाङको चर्काे विराेध

दिल्ली – छुट्टै राज्य गोर्खाल्यान्डका लागि अडिग बसेका दिल्लीवासी गोर्खाहरूको सङ्गठन गोर्खाल्यान्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले आइतवार दिल्लीमा गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) का बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) अध्यक्ष विनय तामाङको व्यापक विरोध गरेकाे छ।

जीएसएसएसले बिहानैदेखि गरेको चर्को विरोधका कारण विनय तामाङ न त दिल्लीको मञ्चबाट बोल्न पाए न त गोर्खा जनमुक्ति मोर्चाको स्थापना दिवस नै पालन गर्न पाए।

विरोधका कारण विनय तामाङ कार्यक्रम आयोजन हुने भनिएको एनसीयुआइको हलसम्म पनि पुग्न पाएनन्। यो हलमा विनयपन्थी गोजमुमो दिल्ली शाखाले पार्टीको स्थापना दिवससँगै सांस्कृतिक कार्यक्रम आयोजन गरेको थियो।

यसैबीच जीएसएसएस सदस्यहरूको व्यापक विरोधका कारण कानून व्यवस्थालाई ध्यानमा राखेर दिल्लीको दक्षिण जिल्लाका प्रहरी उपअधीक्षकले कार्यक्रम गर्ने अनुमतिलाई फिर्ता लिएपछि कार्यक्रम नै रद्द भएको थियो।

कार्यक्रम निर्धारित गरिएको हल अघि जीएसएसएसका सदस्यहरू हात र मुखमा कालो पट्टी बाँधेर उभिएका थिए। उनीहरूले विनय तामाङविरुद्ध व्यापक नाराबाजी गरे। ती सदस्यहरूले हातमा गोर्खाल्यान्डको पक्ष र जीटीएको विरोधमा लेखिएका प्ले-कार्डहरू बोकेका थिए। केहीको हातमा गोर्खाल्यान्ड आन्दोलनका शहीदहरूको तस्वीरहरू थिए।

विरोधका कारण विनय तामाङ कार्यक्रमस्थल आएनन्। पछि तामाङ बसेको बङ्गाल भवनमा जीएसएस कार्यकर्ताहरूले घेराउ गर्दै तामाङको विरोधमा चर्को नारा लगाइरहे। उनीहरूले बाहिर आएर दिल्लीवासी गोर्खाहरूलाई जवाफ दिनुपर्ने माग गरिरहेका थिए।

के हो मामिला

केही दिनअघि कालेबुङ जिल्लाअन्तर्गत पर्ने कुमानी गाउँको नयाँ बस्तीमा एकजनसभालाई सम्बोधन गर्दै विनय तामाङले दिल्लीलाई दिल्लीमा नै गएर जवाफ दिने बताएका थिए। उनले आफ्नो सम्बोधनमा दिल्लीले धेरै जिस्काएको समेत बताएका थिए।

दिल्लीमा विनय तामाङका केही सदस्यहरू छन्, जसले आइतवार पार्टीको ११औं स्थापना दिवस तथा सांस्कृतिक कार्यक्रम आयोजन गरेका थिए। यो कार्यक्रम दक्षिण दिल्लीस्थित एनसीयुआइको हलमा निर्धारित गरिएको थियो।

अघिबाटै गोर्खाल्यान्डको आन्दोलनलाई बीचैमा थन्काएर पश्चिम बङ्गाल सरकारसँग मिलेर जीटीएको सञ्चालनमा फर्केपछि आक्रोशित भएका जीएसएसका सदस्यहरू ‘दिल्लीलाई दिल्लीमै गएर जवाफ दिने’ विनय तामाङको बयानले अझ चिड़िएका थिए, जसको फलस्वरूप उनीहरू आइतवार बिहानै ‘विनय तामाङले दिल्लीलाई के जवाफ दिन्छन्’ भनी सुन्न आएका हौं भन्दै एनसीयुआइ हलअघि बाक्लो सङ्ख्यामा भेला भएका थिए।

के हो जीएसएसएस

जीएसएसएस अर्थात् गोर्खाल्यान्ड संयुक्त सङ्घर्ष समिति दिल्लीका गोर्खाहरूको सङ्गठन हो। पछिल्लो गोर्खाल्यान्ड आन्दोलनलाई समर्थन र सहयोग पुऱ्याउनका लागि गठन भएको यो सङ्गठनले गत वर्ष एक सयभन्दा धेरै दिनसम्म दिल्लीको जन्तर मन्तरमा गोर्खाल्यान्ड राज्यको माग गर्दै हड़ताल गरेको थियो।

अहिले पनि जीएसएसएसका सदस्यहरूले दिल्लीमा गोर्खाल्यान्डको पक्षमा समय समयमा कार्यक्रम गर्दै आएका छन् भने गोर्खाल्यान्डको पक्षमा आयोजन गरेको कार्यक्रममा पनि उनीहरू सहभागी बन्दै आएका छन्।

गोर्खाल्यान्ड भन्दा सानो व्यवस्था जीएसएसएसले नस्वीकार्ने

जीएसएसएसकी प्रवक्ता अञ्जनी शर्मा भुजेलले नेपालखबरसँग कुराकानी गर्दै गोर्खाल्यान्ड सम्पूर्ण गोर्खाहरूको सपना र आकांक्षा रहेकोले योभन्दा सानो कुनै पनि व्यवस्थालाई स्वीकार नगर्ने बताएकी छन्।

उनको सोझो भनाइ छ, गोर्खाहरूको दीर्घकालीन सपना र जनाकांक्षा भनेको गोर्खाल्यान्ड हो। र यसले मात्र भारतेली गोर्खाहरूका सबै समस्यालाई उचित रूपले निदान गर्नेछ। उनले भनिन्, ‘विनय तामाङले गोर्खाल्यान्डको मुद्दा बेचेर बङ्गाल सरकारले उपहारमा दिएको जीटीएको सत्तामा बसेर दार्जीलिङ पहाड़मा गणतन्त्रको हत्या गर्न राज्य सरकारलाई सहयोग गर्दैछन्। हामी यस्ता माटो बेचुवा विनय तामाङहरूको विरोधमा सधैँ उभिनेछौं।’

उनका अनुसार यदि विनय तामाङ र उनका समूहले गोर्खाल्यान्डको आन्दोलनलाई थन्काएर राज्य सरकारसँग मिल्न नपुगेको भए आजका दिनसम्म गोर्खाल्यान्ड आन्दोलनका शहीदहरूले देखेको सपना पूरा भइसक्ने थियो।

‘दिल्लीका गोर्खाहरू गोर्खाल्यान्डभन्दा सानो कुनै पनि व्यवस्थामा भुलिने छैनन्’, जीएसएसएस प्रवक्ताले थपिन्, ‘विनय तामाङले नसोचून्, हामी उनीहरूजस्तो बिक्री हुने मानिस हौं। दिल्लीका गोर्खाहरू स-सानो व्यवस्थामा बिक्री पनि हुँदैन। डराएर झुक्दैन पनि।’

भाजपाले षड़यन्त्र गरी हामी बोल्न दिएन : विनय तामाङ

आइतवार दिल्लीको कार्यक्रम रद्द भएपछि विनय तामाङले यसको लागि भारतीय जनता पार्टी र यसका सांसद एस.एस. अहलुवालियालाई दोष्याएका छन्। उनले आफ्नो कार्यक्रम रोक्नका लागि दार्जिलिङका सांसद अहलुवालियाले मन्त्रालयसम्मको प्रयोग गरी प्रहरीलाई आदेशसम्म जारी गरेको उनको आरोप छ।

‘भाजपाले बिहानैदेखि कार्यक्रमलाई रोक्ने प्रयास गरेको थियो। मेराे कार्यक्रमलाई रोक्न मन्त्रालयबाट आदेश नै जारी गरिएको थियो’, विनय तामाङले थपे, ‘भारतको संविधानले अभिव्यक्तिको स्वतन्त्रता सबैलाई दिएको छ, तर केन्द्र सरकारको अधीनस्थ रहेको प्रहरीले मलाई बोल्नबाट रोक्यो। म यसको भर्त्सना गर्छु।’

विनयले लगाएका आरोपका अनुसार उनको कार्यक्रम भाजपा, विमलपन्थी गोजमुमो र जीएसएसएसले मिलेर संयुक्त रूपमा गरेका हुन्।

उनले चाँड़ै दिल्लीमा पुनः फर्किआइ ठूलो जनसभा र ऱ्याली गर्ने चुनौती केन्द्र सरकारलाई दिएका छन्। यद्यपि यो ऱ्याली र जनसभा कहिले गर्ने त्यसको मिति भने उनले खुलाएका छैनन्। छिट्टै पार्टीको कोर कमिटीको मिटिङ बसी मिति तय गर्ने विनयको भनाइ छ।

कालेबुङ र दार्जिलिङमा सांसदको जल्यो पुत्ला

विनय तामाङले दिल्लीमा स्थापना दिवस मनाउन नपाएपछि उनका समर्थकहरूले आइतवारै दार्जीलिङ र कालेबुङमा सांसद एस.एस. अहलुवालियाको पुत्ला जलाए। अहलुवालिया दार्जिलिङका सांसद हुन्। उनकै निर्देशमा विनय तामाङले दिल्लीमा कार्यक्रम गर्न नपाएको विनयपन्थी गोजमुमोको आरोप छ।

विनयका समर्थकहरूले केवल सांसदको पुत्ला मात्र जलाएनन्, तर उनलाई दार्जिलिङ पहाड़ पस्न नदिने पनि घोषणा गरे। सांसद र भाजपाको विरोधमा ती समर्थकहरूले ठाउँ ठाउँमा पोस्टरिङ पनि गरेका थिए।

२२ असोज २०७५, सोमबार |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution