तामाङ समाज यूएईको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पारित कार्ययोजना

याम्बु – तामाङ समाज यूएईले सातौं महाधिबेशन पछि नव-निर्बाचित पदाधिकारीहरु तथा सदस्यहरूको उपस्थितिमा केन्द्रिय कार्यसमितिको २०१८-२० कार्यकालको पहिलो बैठक सम्पन्न गर्दै केन्द्रिय अध्यक्ष महेश मोक्तानले २०१८-२० (२ बर्ष) को लागि प्रस्तुत गर्नुभएको कार्ययोजनाहरूलाई सर्बसम्मत पारित गरेको छ ।
अध्यक्ष महेश मोक्तानले प्रस्तुत गरेको कार्ययोजनाहरू यस प्रकार छन:
१. शैक्षिक जागरण
क) एसएमएस (सपोर्ट माई स्कूल) कार्यक्रम
ख) Top Talent Encouragement Award
ग) छात्रबृत्ति
२. सामाजिक तथा सांस्कृतिक जागरण
क) सामाजिक तथा मानबीय परोपकारी सहयोग
ख) बौद्ध धर्म तथा मौलिक सांस्कृतिको बिकास, संरक्षण र प्रबर्धन
ग) “सेलो” उन्मुख सांस्कृतिक कार्यक्रम
घ) तामाङ भाषा, साहित्य तथा लिपी सम्बन्धि ज्ञान तथा तालिम
३. आर्थिक सशक्तिकरण
क) बहुउद्देश्य बचत तथा ऋण सहकारीको परियोजना
ख) ब्यबसाय संचालन
दुर्गम क्षेत्रका तामाङ बस्तीहरूमा स्थापित बिधालयहरूको शैक्षिक गुणस्तर तथा भौतिक पुर्बाधारहरुको बिकासका लागि संचालित एसएमएस (सपोर्ट माई स्कूल) कार्यक्रमको निरन्तरता र यस कार्यक्रमलाई अझ प्रभाबकारी ढंगले अघि बढाई धेरै भन्दा धेरै बिधार्थीहरू र समुदायलाई लाभन्वीत गर्दै समाजको शैक्षिक क्षेत्र प्रतिको भुमिकालाई सशक्त बनाउने योजनाहरू बनाएको छ । प्रतिभाशाली तामाङ ब्यक्तित्वहरूले आफ्नो क्षेत्रमा प्राप्त गरेका उल्लेखनीय उपलब्धीहरूको सम्मान गर्दै प्रोत्साहन स्वरूप समाजले हरेक बर्ष १ पुरूष र १ महिला गरी २ जनालाई Top Talent Encouragement Award बाट सम्मान गर्ने र गरीब तथा जेहेनदार तामाङ बिधार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न छात्रबृत्ति दिने योजना छ ।
त्यस्तै तामाङ भाषा, साहित्य तथा लिपी सम्बन्धि ज्ञान बढाउन र यसको संरक्षण तथा प्रबर्धनको लागि तालिम कक्षाहरू संचालन गर्ने भएको छ । तामाङहरूको सामाजिक बिकास, मानबीय सहयोग, बौद्ध धर्म तथा मौलिक सांस्कृतिको बिकास, संरक्षण र प्रबर्धनका कार्यहरू गर्दै तामाङहरूलाई सामाजिक तथा सांस्कृतिक जागरणका कार्यक्रमहरूमा उल्लेखनीय सहभागिता बढाउने र सहकार्यका लागि प्रेरणात्मक कार्यक्रमहरू बनाउने योजना छ । तामाङ समुदायको पबित्र पर्ब सोनाम ल्होछारलाई “सेलो” उन्मुख बनाउदै राष्ट्रिय पहिचानको रूपमा स्थापित “सेलो” को संरक्षण तथा प्रबर्धनका लागि सेलोमय सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रवासमा लामो समयदेखि रोजगारको सिलसिलामा सामाजिक रूपमा सक्रिय ब्यक्तिहरूको नेपाल पुनर्स्थापन पछि उनीहरूको आर्थिक सशक्तिकरणको लागि नेपालमा बहुउद्देश्य श्रृण तथा बचत सहकारीको स्थापना गरी “मेरो पैसा, मेरो ब्यबसाय” भन्ने परियोजना बनाई कामहरू गर्ने र यूएईमा नेपाली तथा बिदेशी परिकारका खानाहरु उपलब्ध हुने रेष्टुरेण्ट संचालन गरी रोजगार तथा लगानी गरी आर्थिक उन्नती गर्ने योजना बनेको छ ।
समाजले आफ्नो मातहतका क्षेत्रीय समितिहरूलाई २०१८-२० को कार्यकाल भरी सक्रिय बनाई राख्न र समाज प्रतिको उत्तरदायित्व बढाउनको निम्ति १ बर्षे पात्रो बनाई सामाजिक तथा मानबीय परोपकारका कार्यहरू र समाजमा आबद्ध सदस्यहरूको मानसिक, शारिरीक तथा सामाजिक बिकासको लागि मनोरन्जनात्मक तथा सिप बिकासको कार्य/कार्यक्रमहरू गर्न निर्देशन दिएको छ ।
बिगतका बर्षहरू जस्तै समाजले यस बर्ष पनि सोनाम ल्होछार, बुद्ध जयन्ती, एसएमएस धामाका कार्यक्रम र टप ट्यालेण्ट अवार्ड, छात्रवृत्ति र एसएमएस बिधालयको लागि शैक्षिक सहयोग हस्तानतरणका कार्यक्रमहरू गर्ने भएको छ ।
२२ असोज २०७५