इन्टरपोलका प्रमुख चीनमा पक्राउ

काठमाडौं– अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई चीनमा पक्राउ परेका छन् । कानून उल्लंघनको आरोपमा उनी आफ्नो नियन्त्रणमा रहेको चीन सरकारले स्पष्ट पारेको छ ।
कानून उल्लंघनको आरोपमा उनीमाथि छानविन चलिरहेको बताएपनि बेईजिङले उनको अवस्था, अनुसन्धानको प्रक्रिया लगायतबारे केही खुलाएको छैन । इन्टरपोलले आफ्ना अध्यक्षको अवस्था सार्वजनिक गर्न आग्रह गरेको केही घण्टापछि नै चीन सरकारले उनी आफ्नो नियन्त्रणमा रहेको बताएको हो ।
इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत सेप्टेम्बर २५ मा चीन पुगेका उनी त्यसपछि कसैको सम्पर्कमा थिएनन् ।
यसैबीच, इन्टरपोलले मेङले तत्कालबाट लागू हुने गरी प्रमुखबाट राजीनामा दिएको जनाएको छ ।
असोज २२, २०७५