कञ्चनपुर:निर्मला हत्या प्रकरण सम्बन्धी प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ — गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ ।
गृहमन्त्रालयकासहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो। निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक पटक लापरबाही र हेल्चेक्र्याइँ गरेको निष्कर्ष निकाल्दै समितिले अब तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको छ ।
मन्त्रालयले ३७ पृष्ठ लामो प्रतिवेदन आफ्नो वेबसाइटमा राखेको छ।प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढेको थियो। आइतबार मन्त्रिपरिषद्को स्वीकृतिपछि गृहले पन्त प्रकरणको प्रतिवेदन बाहिर ल्याएको हो। समितिले गत असोज १० गते गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो।
भिमदत्त नगरपालिका २ की १३ वर्षीय पन्तकोसाउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो।
निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदनको
पूर्ण पाठको लागि क्लिक गर्नुहोस्