सीके राउतसहित ३ जना पक्राउ

काठमाडाैं– स्वतन्त्र मधेसका अभियान्त डा. सीके राउतसहित ३ जना पक्राउ परेका छन् ।
जिल्ला अदालत रौतहटमा तारेख बुझाउन खाएका राउतलाई प्रहरीले अदालत बाहिरबाट पक्राउ गरेको हो ।
राज्य विप्लवको मुद्दामा तारेखमा रिहा भएका राउत आइतवार जिल्ला अदालतमा उपस्थित भएका थिए ।
अदालत बाहिरबाट राउत र उनका समर्थकसहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
असोज २१, २०७५