तामाङ कथानक चलचित्र “बुम्ब” को विशेष शो सम्पन्न,मुनाफा शैक्षिक कोषमा जम्मा

याम्बु – ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले शैक्षिक क्षेत्रमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाइमा सहयोग गर्न “शैक्षिक कोष” निर्मानार्थ २०७५ साल असोज २० गते शनिबार सिद्धार्थ हल, बौद्धमा तामाङ चलचित्र संघको केन्द्रिय अध्यक्ष बिकु थोकरको प्रमुख अतिथिमा तामाङ कथानक चलचित्र “बुम्ब” को विशेष शो कार्यक्रम भब्य रूपमा सम्पन्न भयो ।
कार्यक्रम समाजको अध्यक्ष सरोज मोहन लामाको सभापतित्व र कार्यक्रम संचालन समाजको सचिब सुरेश कुमार पाख्रीनले गर्नुभएको थियो ।
त्यस्तै गरी स्वागत मन्तव्य कार्यक्रम संयोजक प्रेम बहादुर पाख्रीनले दिनुभएको थियो ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गर्न शैक्षिक कोष निर्माण गर्ने पहिलो शुरूवाती अभियान अन्तर्गत तामाङ कथानक चलचित्र बुम्बा प्रदर्शनबाट रु. १ लाख भन्दा बढी रकम संकलन भएको छ । शैक्षिक कोषको लागि अझै देश बिदेशबाट सहयोगी हातहरुले रकम सहयोग गर्न प्रतिबद्धता आउने क्रम जारी रहेको जानकारी समाजको अध्यक्ष सरोज मोहन लामाले बताउनु भयो । उहाँले कम्तिमा ५ लाख रुपैयाँको शैक्षिक कोष निमार्ण गर्ने शुरूवाती अभियान रहेको कुरा बताउनु भयो ।
कार्यक्रममा बुम्बा चलचित्र निर्माण टिम र कलाकारहरु सबैलाई समाजले प्रसंशा पत्र प्रदान गरि सम्मान गरिएको थियो भने बुम्बा चलचित्रको लेखक, निर्माता तथा निर्देशक गोप्पीलाल लामा गोलेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथिहरु बरिस्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङ, सल्लाहकार तथा समाजसेवी कुमार थोकर, अमिर दोङ, रितुराज पाख्रीन, सुस्मा थिङ, चन्द्रजित मोक्तान, फुलकुमार बम्जन, लगायत बिशिस्ट कलाकारहरु र समाजसेवीहरु हुनुहुन्थ्यो । अतिथिहरु कुर्किस्थान तामाङ घेदुङको कोसाध्यक्ष संन्चमाय तामाङ, नाम्सादिम अनलाइनको हिरामान बल, सैलुन अनलाइनको संन्तोस योन्जन, लोकप्रिय अनलाइनको बिकास ग्याबा लगायत छ्योर्तेन मासिक, हिलो मिडियाबाट समेत प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो ।
प्रमुख अतिथि बिकु थोकरले समाज सेवा कार्यको प्रशंसा गर्नुहुदै यस्तो समाजसेवा कार्यको लागि जुनसुकै तामाङ चलचित्र ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजलाई उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो । उहाँले समाजको यो अभियान नौलो र स्रहानीय रहेको बताउनु भयो ।
अन्तमा यस हाम्रो महान अभियानमा देश बिदेशबाट ब्यक्तिगत तथा संस्थागत रूपमा आर्थिक सहयोग गर्नुहुने, त्यस्तै नेपाल भित्रका, दोलखा जिल्लाका लगायत दोलखा भन्दा बाहिर जिल्लाका सबै दाजुभाइ तथा दिदीबहिनीहरुलाई ह्याङ्ला सम्पुर्ण परिवारको तर्फबाट हार्दिक मुरी मुरी धन्यवाद व्यक्त गरेको छ |