नेपाल तामाङ घेदुङ मकवानपुरको तामसालिङ जागरण अभियान प्रारम्भ

याम्बु – नेपाल तामाङ घेदुङ संघिय कार्यालयको परिपत्र अनुसार प्रदेश ३ का सबै स्थानीय तहमा `तामसालिङ जागरण अभियान तथा संगठन निर्माण´ कार्य बृहत रुपमा संचालन भईरहेको छ ।
नेपाल तामाङ घेदुङ तामसालिङ जागरण अभियान मकवानपुरको आयोजनामा ‘मनहरी गाउपालिकाको प्रथम भेला तथा गठन कार्यक्रम´आउँदो असोज २१ गते आइतबार बिहान ११:०० बजे देखि मनहरी गाउपलिका-९, रजैया ओम श्री बाताबरण सुद्धिकरण अभियान अग्निहोत्र आश्रमको सभाहलमा हुने भएको छ |
मनहरी गाउपलिकामा रहनु भएको बुद्धिजिबी, समाजसेबी लगायत तामाङ सस्कार सस्कृतिमा लागिपर्ने सज्जनबृन्द सम्पूर्ण मानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ |
नेपाल तामाङ घेदुङ मकवानपुरको तामसालिङ जागरण अभियान तथा संगठन निर्माणको कार्यतालिका
१) कैलाश गाउँपालिका – मिति :- २०७५/६/१९ गते
२) राक्सिराङ गाउँपालिका – मिति :- २०७५/६/२० गते
३) मनहरी गाउँपालिका – मिति :- २०७५/६/२१ गते
४) थाहा नगरपालिका – मिति :- २०७५/६/२२ गते
५) इन्द्रसरोवर गाउँपालिका – मिति :-२०७५/६/२३ गते
६) भिमफेदी गाउँपालिका – मिति :- २०७५/६/२४ गते