हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

तामाङ जातिमा ‘बोन्बो’ इतिहास

पहिले नेपाल खाल्डोमा पानीको दह थियो । सोही दहबीच हालको स्वयम्भू रहेको स्थानमा स्वयम्भूको विराट महाज्योति प्रकट भएको थियो । त्यसपछि ठाउँ-ठाउँबाट मानवबुद्धहरू महाज्योर्तिमय स्वयम्भूको दर्शनार्थ आउने र जाने गरेका वर्णनहरू पाइन्छन् ।

सोही क्रममा महाचीनबाट मञ्जुश्री बोधिसत्व पनि दर्शनार्थ यहाँ आइपुगेका थिए । उनैले त्यस दहको पानी बाहिर निकालेको कथा पाइन्छन् । एक कथाअनुसार बोधिसत्व मञ्जुश्रीले दहको पानीबीचमा रहेको स्वयम्भूको दर्शन गर्न र यहाँको पानी निकाल्नको निम्ति दहमा जल सयर गरेका थिए । जल सयरका लागि उनलाई एकजना गोले थरी तामाङ बोम्बोले सहयोग गरेका थिए ।

ती बोम्बोको मन्त्र साधना र शक्ति यति ठूलो थियो कि- उनी नागर्जूनको भित्तोबाट तालमा प्रवेश गरी पौडँदै वा पैदल यात्रा नै गरेर पनि हालको भक्तपुरहुँदै नगरकोट र फूलचोकीसम्म पनि पुग्न सक्थे । कथानुसार मञ्जुश्रीले दहको पानी निकालेर बस्ती बसालेपछि ती बोम्बोको चुरीफुरी बढ्नु पनि स्वाभाविक थियो ।

बस्ती बसेको केही समयपछि उनका विरोधीहरूले एकदिन भक्तपुरमा समाती ढुङ्गाको खम्बामा बाँधी षडयन्त्रपूर्वक हत्या गरेका थिए । यस्तैगरि अर्को कथा अनुसार ती बोम्बोले दहको पानी निकाल्न मञ्जुश्रीलाई सहयोग गरेकाले कदर स्वरूप भक्तपुरमा तिनको मूर्ति स्थापना गरिएको छ । अझैपनि बैशाख पूणिर्मामा काभ्रेस्थित नमोबुद्धको दर्शनपश्चात् काठमाडौंतिर आउने दर्शनाथीहरूले सोही बोम्बोको मूर्ति रहेको भनिएको प्रशन्न शिल महाविहार, क्वाठण्डौ-देव ननी-ख्वपको दर्शन गर्ने गरेका पाइन्छन् |

यस विहारको बाहिरी खोपामा रहेको मञ्जुश्री सँगैको दुर्इवटा भैरवको जस्तो देखिने मूर्तिमध्ये एकलाई तामाङ जातिले गोले बोम्बोको रूपमा लिएको हुनुपर्दछ । यहाँ यो कथा जोड्नको कारण के हो भने यस ठाउँ पहिलो बासिन्दा तामाङ नै थियो । त्यसैले यस ठाउँको नामाकरण पनि उनीहरूले नै आफ्नै भाषामा गरेको हुनुपर्दछ भन्ने नै हो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution