हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

प्रचण्डले चाले सत्ताका लागि नयाँ चलखेल, बामदेव र माधव नेपाललाई फकाउदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सत्ताको चलखेल सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको हालीमुहाली बढेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलखेल थालेका हुन् ।

वरिष्ठ नेता भए पनि सत्ता र शक्तिको भोग गर्न नपाएको झोंकमा माधवकुमार नेपालले संसदमै प्रतिपक्षीको भूमिका निभाएर उत्तर चीनतिर हानिएपछि सिंगापुरबाट फर्केको अर्को दिननै प्रचण्ड तातेका हुन् ।

सिंगापुर–भारत–चीन–सिंगापुर गरी त्रिकोणात्मक भ्रमण गरेर आफू बलियो भएको प्रमाणित गर्दै प्रचण्डले अब ओलीको नेतृत्वमा नभई आफ्नो नेतृत्वमा सर्वदलीय सरकार बनाउन लागिपरेको उच्च स्रोतको भनाइ छ ।

संसदमा उपलब्ध प्रतिपक्षी दलहरुलाई समेत समेटेर अगाडि बढ्ने मनस्थितिमा प्रचण्ड रहेको बुझिन्छ । उनी यसअघि काँग्रेस र एमालेसंग मिलेर सत्ता चलाउँदा पनि छिनछिनमा सर्वदलीय सरकारको पक्षमा देखिन्थे ।

त्यतिबेला बहुमत नहुँदा सर्वदलीय भन्नु स्वभाविकै भए पनि अहिले नेकपालाई बहुमत मात्र छैन दुई तिहाइको समर्थन छ ।

प्रचण्डले किन यसो गर्न खोजे ?

अध्यक्ष ओलीले सरकारका निर्णयअघि अध्यक्षको नाताले प्रचण्डसंग सरसल्लाह नै नगरेको दोष छ । यो अवगुणलाई आधार बनाएर प्रचण्ड अब शक्ति आफ्नो हातमा लिन चाहन्छन् ।

उनले मंगलबार आफ्नै पार्टीका प्रभावशाली सचिवालय सदस्य बामदेव गौतमसंग लामो छलफल गरेका छन् । एक घण्टाभन्दा लामो छलफलमा प्रचण्डले नयाँ शिराबाट अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

प्रचण्डलाई भारत र चीनको स्वीकारोक्ति आएपछि उनले नयाँ कदम चालेको बुझिएको छ । उनलाई अवरोध आउने नेकपाभित्रबाटै हो । माधव नेपाल पक्षले पनि समर्थन दिनसक्ने भएपछि प्रचण्ड थप उत्साही बनेको बुझिन्छ ।

त्यसो त ओली नेतृत्वको सरकारले सात महिनामा कुनै सकारात्मक उपलब्धि हासिल गर्न नसकेको र सरकारकै कारण आमजनतामा निराशा पैदा हुन थालेका बेला सत्तारुढ पार्टीका नेताहरू सरकारलाई सफल बनाउनभन्दा असफल सिद्ध गरेर आन्तरिक विकल्प खोज्ने मानसिकतामा देखापरेको आरोप पनि लाग्न थालेको छ ।

प्रचण्ड ओलीको शैली देखेर सन्तुष्ट छैनन् । उनले असोज दोस्रो साता नै आफू निकटका पत्रकारलाई पनि बोलाएर यससम्बन्धमा भनाई व्यक्त गरेका थिए । सोही विचार राखेपछि प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासंग पनि परामर्श गरेको बुझिएको छ ।

अब बामदेव र माधव नेपाल फकाउने पालो

जुन उद्धेश्य लिएर नेपालले प्रचण्डलाई सघाउन तयार भएका थिए त्यो पूरा भएको छैन । नेपाल ओलीको सेखी झार्न चाहन्थे । ओलीको सेखी चढ्दो छ । त्यसैले नेपालले अति भएपछि संसदमा ओलीको खरो आलोचना गरे ।

बामदेव पनि छट्पटिएका छन् । उनी सांसद बनेर संसद छिर्न चाहन्छन् । तर अब उनका लागि त्याग गर्ने कम्युनिष्टहरु सकिएछन् कि । कसैले पनि हात ठडाउँदैनन् ।

एउटा सांसदले पद छाड्नु भनेको पाँच वर्षभित्र कमाउने रकम बराबरको बार्गेनिङ हो । त्यो भन्दा पनि ठूलो कुरा ओलीका लागि भएको छ बामदेव रोक्न् ।

बामदेवलाई ओलीले चुनावमै रोकेका थिए । अब फेरि आफ्नो खुट्टामा बन्चरो हान्ने पक्षमा ओली छैनन् । तसर्थ सांसद बन्न रोक्ने ओली नै हुनेछन् ।

यतिबेला पनि प्रचण्डले भूमिका खेल्न सक्नेछन् । तर ओली बिहीबार राति फर्कदै गर्दा यदि शुक्रबारदेखि माहोल बदलियो भने नौलो नमानौं । किनकि प्रचण्ड अडान रुचाउँदैनन् । साभार – हाम्राकुरा बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution