तामाङ जातिमा न्वारनपछि शिशुलाई घाम देखाउने चलन

तामाङ जातिमा नवजात शिशुलाई जन्मेको १६ दिनको दिन घरबाहिर निकालेर घाम दर्शन गराउने प्रचलन छ | यसलाई (धिनी उन्बा) भनिन्छ | यसो गर्दा सुत्केरी महिलाले आफ्नो शिशुलाई बोकेर संघारमा पूर्याउछन् |
जहाँ सगुन पोङ राखिएको हुन्छ | त्यसै ठाउँमा उभिएर डबल वा मोहोर बच्चाको मुखमा राखेर घामको पहिलो पल्ट दर्शन गराउछन | त्यो चाँदीको मोहोर वा डबल सुरक्षित रुपमा राखिन्छ र बालकको भात खुवाइमा प्रयोग गरिन्छ |
यो पुरानो चलन भएकोले काहिँ कतै निरन्तर दिएको पाइन्छ भने सबै तामाङलाई यसबारे जानकारी नहुन सक्छ | कयौ तामाङ परम्परागत चलनहरु लोभ भईसकेका छन् | यो दुखद कुरा हो |