हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

किन हुँदैन,तामाङ चेलीको थर परिबर्तन ?

-भाषाविद अमृत योञ्जन

मानिस सामाजिक तथा चेतनशील प्राणी हो । प्रजाति, उपजाति, जाति र सहजातिमा बिभाजित मानब समाजको आ-आफ्नै मौलिक सांस्कृतिक परम्परा, मान्यता तथा मुल्यहरु हुन्छन । यहां तामाङ समाजमा स्थापित सांस्कृतिक मुल्य, मान्यताको आधारमा तामाङ छोरीचेलीको थरको स्थायित्व’ बारेमा छोटो बिबेचना गरी तामाङ माहिलाको अधिकारबोध बारे जागरण गराउने प्रयास भएको छ । हिन्दु समाजको दबाबले हो वा प्रभाबले हो वा अज्ञानताले हो हाल तामाङ छोरी चेलीले पनि हिन्दु छोरीचेलीले झै आफ्नो तर फेरेर श्रीमानको थर लेख्ने गरेको पाईन्छ । थर परिबर्तन गर्ने यस प्रकारको प्रचलन तामाङ साँस्कृतिक मुल्य र मान्यता बिपरित छ । कुनै पनि सांस्कृतिक मुल्य र मान्यतालाई समकालिन समाजको आधारमा जोख्नु आबश्यक छ र अनुकुल भए अपनाउनु पर्दछ नत्र छोडनु पनि पर्दछ । कसैले पनि आफुलाई दास बनाउने र बन्धनकारी सांस्कृतिक मुल्य र मान्यतालाई स्वीकार्नु हुँदैन पनि । बिबाहित चेलीले आफ्नो थर पतिबर्तन गरेर श्रीमानको थर झुण्डाउनु भनेको पनि श्रीमानको दासत्व स्वीकार्नु नै हो र आफ्नो अस्तित्व गुमाउनु पनि हो ।


हिन्दु समाजमा बिवाह पछि छोरीचेलीको जन्मको थर आफ्नो थर हुंदैन । जुन थरमा उसको जन्म हुन्छ अर्थात बिवाहपुर्ब जुन थर हुन्छ बिवाह पश्चात उही थर रहदैन । बिवाहपश्चात उनको थर श्रीमानको थरमा परिबर्तन हुन्छ र उसको आफ्नो कुनै जन्मको अस्तित्व देखिदैन । हिन्दुले नारीले लोग्नेको त्वमशरणम’भएर स्वामीको थर स्थापित गर्नु पर्ने साँस्कृतिक परम्परा रहेको देखिन्छ ।हिन्दु समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिबर्तन हुँदैन । उ जुन थरकुल मा जन्मेकी हुन्छे,उसै थरमा जिन्दगीभर रहन्छे । जस्तै मोक्तान थरकी चेली योन्जन थरको केटोसंग बिवाह हुन्छ भने उनी योन्जन हुँदैन , तामाङ सामाजिक नियमानुसार उ मोक्तान नै रहन्छे अर्थात उसको थर परिबर्तन हुँदैन । श्रीमानको घरको सदस्यले उनलाई सम्बोधन गर्दा मोक्तानस्यू भनेर बोलाउँदछ । अर्थात जन्मको थर नै जीबनभर उसको थर हुन्छ ।

चेलीको थर परिबर्तन हुनु र नहुनुमा सम्बन्धित जातिका साँस्कृतिक मुल्य र मान्यताहरु जिम्मेवार हुन्छन । तामाङ समाजमा स्थापित मुल्य र मान्यताको ब्याख्या ताम्बाले गर्दछ । ताम्बा तामाङ समाजको प्रवक्ता हुन्छ । तामाङ समाजमा ताम्बाको ठुलो महत्व छ । बिवाहको अवसरमा तामाङ रितीरिवाजको चाँजो मिलाईसकेपछि भनौ बिवाहको चरमोत्कर्ष(चारदाम)मा ताम्बा भन्नुहुन्छ । डिन्छेन आपाला का, डिन्छेन आमाला स्या, म्हाला स्यारी प्रात्ची । रुईबाला चरि (रुईसाङ)मयुङला छ्यारिन मुलाँ अर्थात बाबुको रगत, आमाको मासु कुटुम्बलाई सौपियौ तर चेलीको अस्थि(हाड०)माईतीको अधिनमा नै छ । तामाङ समाजमा अस्थिलाई थरको प्रतिकको रुपमा मानिन्छ ।

तामाङ समाजभित्र कुटुम्बलाई चेलीको रगत मासु मात्र दिईन्छ तर रुईसाङ अर्थात चेलीको अस्थि(थर) दिइदैन । ताम्बाले प्रष्ट शब्दमा भन्नुभएको छ । रुईबाला चरि (रुईसाङ) मयुङला छ्यारिन मुला अर्थात चेलीको अस्थि(हाड) माईतीको अधिनमा नै छ । बिवाहपश्चात पनि चेलीको हाड माईतीमा नै रहने साँस्कृतिक परम्परा रहेको छ । यसबाट तामाङ समाजमा बिबाह पश्चात चेलीको थर परबर्तन हुँदो रहेनछ भन्ने प्रष्ट हुन्छ ।

यसपछि बेहुली तर्फका ताम्बा भन्नुहुन्छ स्या का मयुङसे प्रातचि, रुईबाला चरि मयुङलान । बुसिङला रुईबाला चरि तोरमार तासाम मयुङला छ्यारी दोन्ला मयुङ रेम्बोर्छे अर्थात माईतीले चेलीको रगत मासु हामीलाई सुम्पनु भयो । चेलीको बंश माईतीमा नै छ । चेली तलमाथि(मर्यो) भने यो अस्थि(हाड)माईतीलाई नै फिर्ता गरिदिने छौं । यसरी बेहुला पक्ष रुईबाला चरि (थरको प्रतिक हाड) फिर्ता गर्न बचनबद्ध हुन्छन । ताम्बाको यस बयानबाट प्रष्ट हुन्छ -तामाङ चेली गाईबस्तु वा बेचबिखनको बस्तु होईन भनेर । बिवाह पश्चात पनि चेलीको हक अधिकार र कर्तब्य माइती घरमा रहिरहन्छ ।

माथिको सामाजिक प्रक्रियबाट प्रष्ट थाहा हुन्छ तामाङ समाजमा कन्यादान’ हुँदो रहेनछ भनेर । आजभोली हिन्दु समाजको प्रभावले हो वा ओजे(ओभर जान्ने) भएर हो केही गाउँठाउँका तामाङ समाजमा बिशेषगरी तराईतिर कन्यादान दिने चलन चलाईएको छ । उहाँहरुले बुझ्नु आबश्यक छ । छोरीचेली दान दिने बस्तु होईन , न त दासी नै पराया घरको । तामाङ समाजको लागि छोरी ज्वाँई भनेको दोश्रो पुस्ताका सन्तान हुन । तसर्थ गोडधुवाई गर्ने र ज्वाँईलाई ढोग्ने परम्परा तामाङ संस्कृतिमा पाईदैन । यो चलन कन्यादान दिने संस्कृतिकै उपज हो ।
तामाङ समाजमा माईती र चेलीको सम्बन्ध निकै गहिरो हुन्छ । आफ्नो जन्मथरको यस राख्न वा कुलको रक्षा गर्न चेली तथा माईतीको समान दायित्व हुन्छ । यसो हुनाले आमाबुबाको मृत्य पश्चात पनि चेली र माइती बिच आवत जावत भई नै रहन्छ । तर हिन्दु समाजमा चेली माईतिमा आउनुको अर्थ जन्मको माया मात्र हो । आमा बुबाको मृत्य पछि त्यो मायाको धागो झिनो हुन्छ । तामाङ समाजमा चेली माईती आउनुको अर्थ माया मोह मात्र होईन सांस्कृतिक हकअधिकार पनि हो । आमा बुबा नरहे पनि माईतीले चेलीको रेखदेखको पुर्ण जिम्मेवारी बहन गर्नुपर्छ ।
ताम्बाको यसप्रकारको सामाजिक बिधानले नै गर्दा नै तामाङ छोरीहरुको ईच्छा बिपरित बिवाह गरिदैन । बिवाहमा छोरीको राजीखुशीको ठूलो महत्व छ । यदि कसैले जबर्जस्ती वा अपहरण गरेर लगे तापनि छोरीले बिराजीको मत जाहेर गरेमा हप्ता वा महिना दिनपछि पनि माईती घरमा फिर्ता ल्याउन सामाजिक स्वीकृति हुन्छ । तीन, चार वटीकी आमा बने पनि चेलीले आफ्नो श्रीमानसंग बस्न अनिच्छा प्रकट गरेमा माईतीमा आउँछन र चेलीको इच्छानुसारको अर्को कुटुम्बसंग पुनस् बिवाह गरिन्छ अर्थात चेलीको घरजमको मामिलामा चेलीको बिचार नै सर्बोपरी हुन्छ । चेलीको बिवाह बिजातीसंग भएमा पनि माईत आवत जावत गर्न सक्दछन तर बिवाहको रितभात अर्थात चारदाम गरिदैन । यसरी बिवाहको रीत पुरा नभएकोले कुटुम्बलाई चेलीलाई रगत मासु पनि दिईएको हुँदैन र चेली माईतीको कुलमा नै रहेको हुन्छ । यस्तो अवस्थामा चेलीको मृत्यु भएमा घेवा अर्थात अन्तिम संस्कार माईतिले गर्ने गर्दछ ।

चेलीको मृत्यु भएमा माईतीको उपसथिति र स्वीकृति बिना लास चलाउन पाईदैन । माईतीले चेलीको मृत्युको कारण सोधपुछ गरि लासको अनिबार्य निरिक्षण गर्दछ र उ बिश्वस्त भएपछि मात्र लास चलाउन समवीकृति दिन्छ । यो प्रचलम मेडिकल साईन्सको पोस्टमार्टम जस्तै हो । कुटुम्बाले घेवा अर्थात अन्तिम मृत्यु संस्कारमा माईतीलाई निम्ताएर सामाजिक नायकरहरु – ताम्बा, गान्बा आदि भद्रभललदमीको उपस्थितिमा लामाको डाजाङ(सिंहासन) मा चेलीको अस्थि बिवाहमा गरिएको वाचाअनुसार माईतीलाई फिर्ता गर्दछन । माईतीले चेलीको रुईबाला चरि (थरको प्रतिक हाड) बिधि बिधान सहित ग्रहण गर्दछन र मृत्यु पश्चात पनि उ आफ्नो जन्म घरमै फर्किएकी हुन्छे ।

माईतीले सामाजिक जिम्मेवारीपुर्ण चेलको अस्थि (हाड) ग्रहण गरेपछि सो चेलीको अस्थिलाई पुर्बजभुमि अर्थात हालका पबित्र तिर्थस्थल – स्वयम्भु, बौद्ध, नमोबुद्ध लगायतका शान्तबुद्धलाई समर्पित गर्दछन र नाङसाल(बत्ती) बाल्दछन । सो कार्य गर्न माईतीले कारणबश नसक्ने भएमा त्यसो गर्न चवाई लामा(मुललामा)लाई अनुरोध गर्छन र चावाई लामाले सो कार्य सम्पन्न गर्दछन । यि तिर्थस्थलहरुमा मृतकको अस्थि पुर्याउनु भनेको आफ्नो पुर्खाको भुमिमा पुर्बजहरुसंग लिन गराउनु हो भन्ने रहेको छ । त्यसपछि पनि बर्ष बर्षमा ती पबित्र स्थलहरुमा गएर चेली अंध्यारो यात्रामा होलिन, उज्यालो होस, शान्ति होस भन्दै चेलीको नाममा माईतीले नाङसाल बाल्ने गर्दछन । आजभोली पनि प्रत्येक बर्षको चैत्र पुर्णिमाको अघिल्लो दिन बौद्धको चैत्यमा र पु्र्णीमाको दिन स्वयम्भुमा मृतकको नाउंमा बत्ती बाल्ने तामाङहरुको भिड हेर्न सकिन्छ ।

यसरी तामाङ चेलीको थर परिबर्तन नहुनुका कारणहरु माथिका बिभिन्न सामाजिक तथा सांस्कृतिक प्रक्रियहरुबाट प्रष्ट भएको छ । तामाङ समाजको लागि चेलीले श्रीमानको थर राख्नु भनेको श्रीमानको दासी बन्नु हो , स्वअस्तित्व बिलिन गर्नु नै हो ,माइती संगको सम्बन्ध तोडिनु पनि हो, आवत, जावतको बाटो बन्द गरिनु पनि हो । जुन जातिमा चेलीको थर परिबर्तन हुन्छ अर्थात श्रीमानको थर नै उसको आफ्नो थर हुन्छ , ती सबै जातिका चेली सांस्कृतिक रुपमा दासी सरह नै हुनेछ भन्ने छ । तामाङ समाजमा जस्तो सामाजिक तथा सांस्कृतिक बैधानिकता हिन्दु समाजमा नहुनाले छोरीलाई दान दिने वस्तुको रुपमा स्थापित गरेको पाईन्छ र कन्यादानको परमपराले गर्दा (हिन्दु नारी स्वतन्त्रता’ र नारी मुक्त आन्दोलनको लक्ष्य’ एउटा काल्पनिक बस्तु मात्र हुन गएको छ सडक आन्दोलनमा होमिदाहोमिदै पनि ।

यसरी तामाङ समाजमा ताम्बाले बिभिन्न सामाजिक तथा सांस्कृतिक बिधी बिधान मार्फत तामाङ चेलीलाई नारी स्वतान्त्रताको सांस्कृतिक तथा सामाजिक बैधानिकता प्रदान गरेको छ । ताम्बाको यस्तो बैधानिकतालाई अंगालेर नारी हक अधिकारको गरेर स्वतन्त्रतामा रम्ने कि बाह्या परम्परासंग टांस्सिएर दासी बन्दै सडक आन्दोलनमा उत्रने रु यो तामाङ नारीले नै निर्णय गर्नु पर्ने कुरा हो ।हिन्दु समाजको दबाबले हो वा प्रभाबले हो वा अज्ञानताले हो हाल तामाङ छोरी चेलीले पनि हिन्दु छोरीचेलीले झै आफ्नो तर फेरेर श्रीमानको थर लेख्ने गरेको पाईन्छ । थर परिबर्तन गर्ने यस प्रकारको प्रचलन तामाङ साँस्कृतिक मुल्य र मान्यता बिपरित छ । कुनै पनि सांस्कृतिक मुल्य र मान्यतालाई समकालिन समाजको आधारमा जोख्नु आबश्यक छ र अनुकुल भए अपनाउनु पर्दछ नत्र छोडनु पनि पर्दछ । कसैले पनि आफुलाई दास बनाउने र बन्धनकारी सांस्कृतिक मुल्य र मान्यतालाई स्वीकार्नु हुँदैन पनि । बिबाहित चेलीले आफ्नो थर पतिबर्तन गरेर श्रीमानको थर झुण्डाउनु भनेको पनि श्रीमानको दासत्व स्वीकार्नु नै हो र आफ्नो अस्तित्व गुमाउनु पनि हो ।

हिन्दु समाजमा बिवाह पछि छोरीचेलीको जन्मको थर आफ्नो थर हुंदैन । जुन थरमा उसको जन्म हुन्छ अर्थात बिवाहपुर्ब जुन थर हुन्छ बिवाह पश्चात उही थर रहदैन । बिवाहपश्चात उनको थर श्रीमानको थरमा परिबर्तन हुन्छ र उसको आफ्नो कुनै जन्मको अस्तित्व देखिदैन । हिन्दुले नारीले लोग्नेको त्वमशरणम’भएर स्वामीको थर स्थापित गर्नु पर्ने साँस्कृतिक परम्परा रहेको देखिन्छ ।हिन्दु समाजमा झै तामाङ समाजमा छोरीचेलीको थर परिबर्तन हुँदैन । उ जुन थरकुल मा जन्मेकी हुन्छे,उसै थरमा जिन्दगीभर रहन्छे । जस्तै मोक्तान थरकी चेली योन्जन थरको केटोसंग बिवाह हुन्छ भने उनी योन्जन हुँदैन , तामाङ सामाजिक नियमानुसार उ मोक्तान नै रहन्छे अर्थात उसको थर परिबर्तन हुँदैन । श्रीमानको घरको सदस्यले उनलाई सम्बोधन गर्दा मोक्तानस्यू भनेर बोलाउँदछ । अर्थात जन्मको थर नै जीबनभर उसको थर हुन्छ ।

चेलीको थर परिबर्तन हुनु र नहुनुमा सम्बन्धित जातिका साँस्कृतिक मुल्य र मान्यताहरु जिम्मेवार हुन्छन । तामाङ समाजमा स्थापित मुल्य र मान्यताको ब्याख्या ताम्बाले गर्दछ । ताम्बा तामाङ समाजको प्रवक्ता हुन्छ । तामाङ समाजमा ताम्बाको ठुलो महत्व छ । बिवाहको अवसरमा तामाङ रितीरिवाजको चाँजो मिलाईसकेपछि भनौ बिवाहको चरमोत्कर्ष(चारदाम)मा ताम्बा भन्नुहुन्छ । डिन्छेन आपाला का, डिन्छेन आमाला स्या, म्हाला स्यारी प्रात्ची । रुईबाला चरि (रुईसाङ)मयुङला छ्यारिन मुलाँ अर्थात बाबुको रगत, आमाको मासु कुटुम्बलाई सौपियौ तर चेलीको अस्थि(हाड०)माईतीको अधिनमा नै छ । तामाङ समाजमा अस्थिलाई थरको प्रतिकको रुपमा मानिन्छ ।

तामाङ समाजभित्र कुटुम्बलाई चेलीको रगत मासु मात्र दिईन्छ तर रुईसाङ अर्थात चेलीको अस्थि(थर) दिइदैन । ताम्बाले प्रष्ट शब्दमा भन्नुभएको छ । रुईबाला चरि (रुईसाङ) मयुङला छ्यारिन मुला अर्थात चेलीको अस्थि(हाड) माईतीको अधिनमा नै छ । बिवाहपश्चात पनि चेलीको हाड माईतीमा नै रहने साँस्कृतिक परम्परा रहेको छ । यसबाट तामाङ समाजमा बिबाह पश्चात चेलीको थर परबर्तन हुँदो रहेनछ भन्ने प्रष्ट हुन्छ ।

यसपछि बेहुली तर्फका ताम्बा भन्नुहुन्छ स्या का मयुङसे प्रातचि, रुईबाला चरि मयुङलान । बुसिङला रुईबाला चरि तोरमार तासाम मयुङला छ्यारी दोन्ला मयुङ रेम्बोर्छे अर्थात माईतीले चेलीको रगत मासु हामीलाई सुम्पनु भयो । चेलीको बंश माईतीमा नै छ । चेली तलमाथि(मर्यो) भने यो अस्थि(हाड)माईतीलाई नै फिर्ता गरिदिने छौं । यसरी बेहुला पक्ष रुईबाला चरि (थरको प्रतिक हाड) फिर्ता गर्न बचनबद्ध हुन्छन । ताम्बाको यस बयानबाट प्रष्ट हुन्छ -तामाङ चेली गाईबस्तु वा बेचबिखनको बस्तु होईन भनेर । बिवाह पश्चात पनि चेलीको हक अधिकार र कर्तब्य माइती घरमा रहिरहन्छ ।

माथिको सामाजिक प्रक्रियबाट प्रष्ट थाहा हुन्छ तामाङ समाजमा कन्यादान’ हुँदो रहेनछ भनेर । आजभोली हिन्दु समाजको प्रभावले हो वा ओजे(ओभर जान्ने) भएर हो केही गाउँठाउँका तामाङ समाजमा बिशेषगरी तराईतिर कन्यादान दिने चलन चलाईएको छ । उहाँहरुले बुझ्नु आबश्यक छ । छोरीचेली दान दिने बस्तु होईन , न त दासी नै पराया घरको । तामाङ समाजको लागि छोरी ज्वाँई भनेको दोश्रो पुस्ताका सन्तान हुन । तसर्थ गोडधुवाई गर्ने र ज्वाँईलाई ढोग्ने परम्परा तामाङ संस्कृतिमा पाईदैन । यो चलन कन्यादान दिने संस्कृतिकै उपज हो ।
तामाङ समाजमा माईती र चेलीको सम्बन्ध निकै गहिरो हुन्छ । आफ्नो जन्मथरको यस राख्न वा कुलको रक्षा गर्न चेली तथा माईतीको समान दायित्व हुन्छ । यसो हुनाले आमाबुबाको मृत्य पश्चात पनि चेली र माइती बिच आवत जावत भई नै रहन्छ । तर हिन्दु समाजमा चेली माईतिमा आउनुको अर्थ जन्मको माया मात्र हो । आमा बुबाको मृत्य पछि त्यो मायाको धागो झिनो हुन्छ । तामाङ समाजमा चेली माईती आउनुको अर्थ माया मोह मात्र होईन सांस्कृतिक हकअधिकार पनि हो । आमा बुबा नरहे पनि माईतीले चेलीको रेखदेखको पुर्ण जिम्मेवारी बहन गर्नुपर्छ ।
ताम्बाको यसप्रकारको सामाजिक बिधानले नै गर्दा नै तामाङ छोरीहरुको ईच्छा बिपरित बिवाह गरिदैन । बिवाहमा छोरीको राजीखुशीको ठूलो महत्व छ । यदि कसैले जबर्जस्ती वा अपहरण गरेर लगे तापनि छोरीले बिराजीको मत जाहेर गरेमा हप्ता वा महिना दिनपछि पनि माईती घरमा फिर्ता ल्याउन सामाजिक स्वीकृति हुन्छ । तीन, चार वटीकी आमा बने पनि चेलीले आफ्नो श्रीमानसंग बस्न अनिच्छा प्रकट गरेमा माईतीमा आउँछन र चेलीको इच्छानुसारको अर्को कुटुम्बसंग पुनस् बिवाह गरिन्छ अर्थात चेलीको घरजमको मामिलामा चेलीको बिचार नै सर्बोपरी हुन्छ । चेलीको बिवाह बिजातीसंग भएमा पनि माईत आवत जावत गर्न सक्दछन तर बिवाहको रितभात अर्थात चारदाम गरिदैन । यसरी बिवाहको रीत पुरा नभएकोले कुटुम्बलाई चेलीलाई रगत मासु पनि दिईएको हुँदैन र चेली माईतीको कुलमा नै रहेको हुन्छ । यस्तो अवस्थामा चेलीको मृत्यु भएमा घेवा अर्थात अन्तिम संस्कार माईतिले गर्ने गर्दछ ।

चेलीको मृत्यु भएमा माईतीको उपसथिति र स्वीकृति बिना लास चलाउन पाईदैन । माईतीले चेलीको मृत्युको कारण सोधपुछ गरि लासको अनिबार्य निरिक्षण गर्दछ र उ बिश्वस्त भएपछि मात्र लास चलाउन समवीकृति दिन्छ । यो प्रचलम मेडिकल साईन्सको पोस्टमार्टम जस्तै हो । कुटुम्बाले घेवा अर्थात अन्तिम मृत्यु संस्कारमा माईतीलाई निम्ताएर सामाजिक नायकरहरु – ताम्बा, गान्बा आदि भद्रभललदमीको उपस्थितिमा लामाको डाजाङ(सिंहासन) मा चेलीको अस्थि बिवाहमा गरिएको वाचाअनुसार माईतीलाई फिर्ता गर्दछन । माईतीले चेलीको रुईबाला चरि (थरको प्रतिक हाड) बिधि बिधान सहित ग्रहण गर्दछन र मृत्यु पश्चात पनि उ आफ्नो जन्म घरमै फर्किएकी हुन्छे ।

माईतीले सामाजिक जिम्मेवारीपुर्ण चेलको अस्थि (हाड) ग्रहण गरेपछि सो चेलीको अस्थिलाई पुर्बजभुमि अर्थात हालका पबित्र तिर्थस्थल – स्वयम्भु, बौद्ध, नमोबुद्ध लगायतका शान्तबुद्धलाई समर्पित गर्दछन र नाङसाल(बत्ती) बाल्दछन । सो कार्य गर्न माईतीले कारणबश नसक्ने भएमा त्यसो गर्न चवाई लामा(मुललामा)लाई अनुरोध गर्छन र चावाई लामाले सो कार्य सम्पन्न गर्दछन । यि तिर्थस्थलहरुमा मृतकको अस्थि पुर्याउनु भनेको आफ्नो पुर्खाको भुमिमा पुर्बजहरुसंग लिन गराउनु हो भन्ने रहेको छ । त्यसपछि पनि बर्ष बर्षमा ती पबित्र स्थलहरुमा गएर चेली अंध्यारो यात्रामा होलिन, उज्यालो होस, शान्ति होस भन्दै चेलीको नाममा माईतीले नाङसाल बाल्ने गर्दछन । आजभोली पनि प्रत्येक बर्षको चैत्र पुर्णिमाको अघिल्लो दिन बौद्धको चैत्यमा र पु्र्णीमाको दिन स्वयम्भुमा मृतकको नाउंमा बत्ती बाल्ने तामाङहरुको भिड हेर्न सकिन्छ ।

यसरी तामाङ समाजमा ताम्बाले बिभिन्न सामाजिक तथा सांस्कृतिक बिधी बिधान मार्फत तामाङ चेलीलाई नारी स्वतान्त्रताको सांस्कृतिक तथा सामाजिक बैधानिकता प्रदान गरेको छ । ताम्बाको यस्तो बैधानिकतालाई अंगालेर नारी हक अधिकारको गरेर स्वतन्त्रतामा रम्ने कि बाह्या परम्परासंग टांस्सिएर दासी बन्दै सडक आन्दोलनमा उत्रने रु यो तामाङ नारीले नै निर्णय गर्नु पर्ने कुरा हो ।

(भाषाविद् अमृत योन्जन तामाङको पुरानै लेख,जानकारीमुलक लेख भएकोले पुन: प्रकाशित)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution