हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

निर्मला पन्तका हत्यारा भेटिन १२ वर्ष लाग्न सक्छः प्रधानमन्त्री

१ ४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका पुगेका बेलामा पनि निर्मला हत्या प्रकरणको प्रश्नले लखेटेको छ । अमेरिकामा अन्तरवार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्याको प्रश्नको सामना गर्नुपर्‍यो । प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बलात्कार र हत्या सरकारले गरेको होइन भन्दै यस्ता घटनामा अपराधीहरु पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने बताए ।

प्रधानमन्त्री ओलीले भने- ‘हरेक व्यक्तिका पछाडि त प्रहरी त हुँदैन कुनै पनि समाजमा । सरकारले पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको त हुँदैन । दसी छोडेको हुँदैन ।’

पत्रकार सूर्य थापाले सोधेको निर्मला हत्या प्रकरणसम्बन्धी प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले यसरी दिए –

पहिलो कुरा म भनौं, यस्ता कुराहरु राजनीतिक हथकण्डाका कुरा वा राजनीतिक विषय बनाउने कुरा, राजनीतिक दाउपेच, उछिनापाछिनका कुरा होइनन् । सामाजिक अपराध भनेको बुहतै निन्दनीय र दुःखद कुरा हो । त्यसमाथि जुन प्रकारका अमानवीयभन्दा पनि अत्यन्त निकृष्टखालका जघन्य अपराधका घटनाहरु घटेका छन्, यी अत्यन्तै दुःखद छन् । अत्यन्तै चिन्ताजनक छन् । र, यसले हाम्रो समाजिक मूल्यमान्यता र हाम्रो सामाजिक स्तर कहाँ जाँदैछ भन्ने हो ।

हरेक व्यक्तिका पछाडि त प्रहरी त हुँदैन कुनै पनि समाजमा । अपराधकर्मको मनोवृत्तिलाई कम गर्न सकिएन र त्यस्ता मनोवृत्तिलाई हौस्याउने खालका कामहरु भए भने त्यो दुःखद कुरा हुन्छ । सरकारले पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको त हुँदैन । दसी छोडेको हुँदैन ।

कोही-कोही ठाउँमा हुन सक्छ, कसैको संगग्नताको कुरालाई ढाकछोप गर्ने प्रयास स्वरुप पनि अल्मलिएको हुन सक्छ । सबै ठाउँमा पत्ता नलागेको छैन । नेपालमा अपराध पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ, माथि नै छ । १२ वर्ष अगाडिका अपराधहरु अहिले पत्ता लागिराखेका छन् । अस्ति भर्खर पनि १२ वर्ष अगाडिको एउटा अपराध पत्ता लाग्यो । यस्ता घटनाहरु १२ वर्ष अगाडिका पनि पत्ता लाग्दारहेछन् ।

अर्थात् १२ वर्ष त पत्ता लागेको थिएन नि त । कहिले कहिले १२ वर्ष पनि पत्ता लाग्दोरहेन छ अपराध । अपराध पत्ता लाग्न समय लाग्न पनि सक्छ । तर, के सरकार अपराध ढाक्न लागेको छ ? के अपराधी जोगाउन लागेको छ ? त्यस्तो लागेको छैन । कोही यस्तो हुन सक्दछ, कुनै पनि संगठनमा, संस्थामा, राज्यमा, निकायमा शत प्रतिसत मान्छे ठीकै छ भन्न सकिन्न होला । त्यस्तो मान्छेहरुको पनि घुसपैठ हुन सक्छ । तर, राज्यको तर्फबाट त्यस्तो भइराखेको हैन र राज्य त्यस कुरामा गम्भीर छ ।

अब यसमा बढी चिन्तित हुनुपर्ने कुरा, सरकारको आलोचना आफ्नो ठाउँमा होला, सरकारले राम्ररी अनुसन्धान गरोस्, खोजोस्, पत्ता लगाओस् भन्ने कुरामा सरकार क्रियाशील छ । त्यसका निम्ति अनेक स्टेपहरु चालिएको छ । त्यहाँका मान्छेहरु फिर्ता बोलाउने, अरु थप पठाउने, थप खोज अध्ययन अनुसन्धान गर्ने, बाहिरी रुपमा खोज अनुसन्धान गर्ने, भित्री रुपमा खोज अनुसन्धान गर्ने यी सबै कामहरु भएका छन् ।

यो सँगसँगै सामाजिक जागरणका लागि, समाजको नैतिक उत्थानका लागि ध्यान दिनुपर्दैन ? सामाजिक सञ्जालका नाउँमा, यस्ता साइटहरु मार्फत अत्यन्त घीनलाग्दा अपराधहरु फैलाउने …।

सरकार एकदम ठ्याक्कै सफल भयो भन्न त म भन्दिनँ । किनभने सरकारले पत्ता लगाउन सकेको छैन । कोशिस गरिराखेको छ । तर, कहिले कहिले यस्ता घटनाहरु पत्ता लगाउन अलि समय लाग्छ । त्यसलाई विषय बनाएर यही सरकारले नै यो अपराध गराएको हो जस्तो गर्न खोज्ने भनेको त विषयविहीनताको, विषयको दरिद्रताको र संस्कार दरिद्रताको स्थिति हो । जहाँसम्म घटनाको कुरा हो, घटना अत्यन्त दुःख हो । चिन्ताजनक यसकारण छ कि यति नैतिक मूल्यमा नेपालजस्तो देश, नेपाली हुँ भन्नेहरु यति तल गिर्नु भनेको दुःख कुरा हो । यसलाई उठाउनुपर्छ ।

केही मान्छेहरु सबै काम छाडेर यसैमा लागेका छन् । जसरी पनि विरोध गर्ने । तिनको सम्बन्धमा त मलाई केही टिप्पणी गर्नु छैन । तपाईले हेर्नुभयो भने ‘यो सरकारले के गर्दैछ, हत्या हिंसा बलात्कार गर्दैछ…’ के यस्तै हो र ? के यो सरकारले हत्या हिंसा र बलात्कार गरिाखेको छ ? यस्ता बकबास गर्ने बकबासीहरुका सम्बन्धमा त हामीले केही कमेन्ट गर्नु छैन ।

होला, लुकेर गर्ने अपराधलाई तत्काल पत्ता लगाउन सकेन होला । हाम्रो संयन्त्र कस्तो छ ? हाम्रा राज्यका अरु संयन्त्रहरु कत्तिको सबल छन् ? यो हेर्न पर्‍यो नि । ती संयन्त्रहरु सबल छैनन् भने ती संयन्त्रलाई सबल बनाउने कुरादेखि लिएर । राज्यको नियत के यस्ता कुरालाई ढाकछोप गर्नेमा छ र ? राज्य त यस्ता कुराहरु नहोऊ्न र सम्पूर्ण कुराहरु रोक्नुपर्छ भनेर लागिराखेको छ ।

हामी राज्य संयन्त्रलाई सबल बनाउँछौं । सामाजिक नैतिकताको धरातल जुन खस्किँदो छ, त्यसलाई माथि उठाउँछौं । राजनीतिक नैतिकता, राजनीतिक उचाइ र स्तर यति तल खसेको छ, त्यसलाई उठाउनुपर्ने छ । जे पनि बोकेर हिँड्ने । राजनीतिक पार्टीहरुका राजनीतिक एजेण्डा छैनन् । कुनै विषय छैनन् । राष्ट्र निर्माणका कुनै विषय छैनन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्केतिक कुनै विषय छैनन् । अनि के भेटिन्छ भन्दाखेरि मुसाले चामलको बोरामा प्वाल पार्‍यो अरे भन्ने सुन्यो भने ल यस्तो सरकार ! मुसाले चामलको बोरामा प्वाल पारुञ्जेल के हेरेर बस्यो ? नालायक सरकार भनेर कराउने । योखालको राजनीतिक संस्कृति जुन छ, यो एकछिनका लागि हो । दयालाग्दो संस्कृति हो यो । यसलाई संस्कृतिका रुपमा जो उठाउन खोजेका छन्, केही अर्थ छैन यसको । अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution