शेर्पा संघ इजरायलको बार्षिकोत्सब तथा पाँचौ अधिवेशन हुदै

तेलअविव – कला,भाषा, धर्म , भेषभुषा र संस्कृतिको संरक्षण र सम्बर्द्दन गरौँ भन्ने उद्देश्यले रोजगारीको शिलशिलामा इजरायलमा रहेका सम्पुर्ण शेर्पाहरुको जातीय छाता संगठन शेर्पा संघ इजरायलको बार्षिकोत्सब तथा पाँचौ अधिवेशन यही १२ अक्टोबर २०१८ (शुक्रवार) नेभिसेनन ४७ नेफिनको कार्यलय तेलअविवमा बेलुका ५ :०० बजे हुने भएको छ ।
कर्मभूमि इजरायलमा कामसँगै बाकी समय आफ्नो जाती र भाषाको महत्वलाई शिरोपर गरी प्रवासमा २०१० मा “विश्वमा छरिएर रहेका सम्पुर्ण शेर्पाहरु एक हौँ ” भन्ने मुल नारा सहित स्थापित यस शेर्पा संघ इजरायललाई आजको अवस्था सम्म ल्याई पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्नुहुने सम्पुर्ण इजरायलवासी शेर्पा दाजुभाई तथा दिदीबहिनीहरुमा शेर्पा संघ इजरायल सर्वप्रथम त हार्दिक धन्यवाद ब्यक्त गर्दै आउने दिनहरुमा राय सल्लाह सुझाव र साथको अपेक्षा गरेको छ |
यस शेर्पा संघ इजरायललाई अझ उचाईमा पुर्याउन एउटा सशक्त जनमानस र सहभागिताको खाँचों रहेको छ त्यसैले सम्पूर्ण शेर्पा दाजुभाई दिदीबहिनीहरुले हातेमालो गरी नयाँ कार्यसमिति बलियो बनाउनमा महत्वपूर्ण भुमीका निभाउनु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौ । त्यसैले आउनुहोस् शेर्पा संघ इजरायललाई अझ नयाँ शैली र फरक ढंगबाट अगाडी बढाउन सहयोग गर्नुस् । कोही शेर्पा दाजुभाई दिदीबहिनीहरु संघ संस्था प्रति चासो होला तर पनि पहुँच नपुगेको , सम्पर्क हुन् नसकिरहेको र हामीहरुको आँखाबाट ओझल पनि परेको हुन सक्छ त्यसैले अाउनुहाेस् हातेमालो गर्दै अगाडि बढाैँ र नयाँ कार्यसमिति निर्माण गरि हातमा हात र काँधमा काँध मिलाएर अगाडि बढाैँ। यसका लागि हाम्रो शेर्पा संघ इजरायलको सचिवालयमा अथवा यही पेजमा पनि म्यासेज गर्न शेर्पा संघ इजरायलले अनुरोध गरेको छ |