संसदमा माधव नेपालको प्रश्न: गृहमन्त्री कहाँ हुनुहुन्छ ?

‘बलात्कार, एसिडबाट आक्रमण अनेकौं यस्ता घटना घटेका छन्, भ्रष्टाचार बढेको छ, रोक्ने, नियन्त्रण गर्ने अंग छ कि छैन, कोही गिरफ्तार भएका छन् कि छैनन्’ उनले भने ‘मान्छे हेर्न चाहन्छन् काम, मान्छे हेर्न चाहन्छन् परिणाम ।’
खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिँदा पनि सरकार चुप लागेको नेता नेपालले बताए । ‘गृहमन्त्री कहाँ हुनुहुन्छ ?, गृह प्रशासन छ कि छैन ?’ उनले प्रश्न गरे ‘खुलेआम देशलाई टुक्र्याउने व्यक्ति छन् । त्यस्तालाई देशभित्रैकाले साथ दिइरहेका छन् ।’
अहिले सांसदहरुले पनि लाज मानेर र शीर निहुराएर हिँड्नुपर्ने अवस्था रहेको उनले बताए । ‘बाटाघाटामा हिँड्दा, बसमा हिँड्दा के भन्लान्, पैदल हिँड्दा के भन्लान्, पसलमा छिर्दा के भन्लान् ?’ नेता नेपालले भने ‘ अर्को अधिवेशनमा आउँदा शीर ठाडो हुने गरी आउन पाइयोस् ।’
भ्रष्टाचार गर्ने र ठेक्कामा ढिलासुस्ती गर्ने र कालोसूचीमा परेकाहरु नै पुरस्कृत भइरहेको भन्दै उनले तिनीहरुलाई पटक पटक जिम्मेवारी दिनुको कारण के हो भन्ने प्रश्न उठेको बताए ।
अहिलेसरकारमाथि जनताको आशा र विश्वास रहेको र सरकारले काम गरोस् भन्ने चाहना रहेको नेता नेपालले बताए । ‘यो सरकारले राम्रो काम गरोस्, भ्रष्टाचार गर्दिन भनेर होइन नगरेर देखाउनुपर्छ । छोराछोरी, पीए नातेदार विभिन्न च्यानल मिलाएर यस्ता कहिँ कतै छन् भने अन्त्य होस्,’ उनले भनेको अनलाइनखबरमा छ |