हेडलाईन

रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

श्रीमती छाडी प्रेमिकासँग बस्न अपहरणशैलीमा भागेका डाक्टर प्रहरीको फन्दामा

सिरहा : मंगलबार साँझ सिरहाको लहानबाट अपहरण भएको भनिएका सप्तरी मल्हनिया–२ का डाक्टर सुभाष यादवलाई राति ११ बजे प्रहरीले फेला पारेको छ । सर्लाहीको नवलपुरमा भेटिएका डाक्टरले आफ्नी प्रेमिकासँग बस्नका लागि अपहरण शैलीमा भाग्न खोजेको रहस्य खुलेको छ ।

अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुट्याउनका लागि डाक्टर यादवलाई एक महिनादेखि लहानमै राखिरहेका थिए। मंगलबार साँझ बजार घुम्न निस्किएका डाक्टर जिपमा चढेर एकाएक गयाब भए ।

सम्पर्क हुन छोडेपछि उनका आफन्तले अपहरणमा परेको हुन सक्ने भन्दै प्रहरीमा खबर गरे । जानकारी पाएलगतै प्रहरीले खोजबिन थाल्यो । डाक्टर सवार जिप पश्चिमतर्फ गएको थाहा पाएर सबै प्रहरी चौकीमा उनको फोटो पठाइयो ।

बीच बाटोमै जिप छाडेर मोटरसाइकलमा चढी हेटौडा जाँदै गरेका यादवलाई सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । डाक्टर यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । उनी जिल्ला अस्पताल हेटौंडा र त्यहींको अर्काे सहकारी अस्पतालमा कार्यरत रहेको प्रहरीले जनाएको छ। यादवसँगै उनलार्इ भाग्न सहयाेग गर्ने एक सहयोगीलार्इ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले हेटौडा–९ की सपना यादवसँग प्रेम विवाह गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज खरेलले बताए । खरेलका अनुसार यादवलाई श्रीमतीले कान्छी श्रीमतीसँगको सम्बन्ध छुटाउनका लागि लहान ल्याएर राख्दा उनी अपहरण शैलीमा भाग्न खोजेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । अन्नपुर्ण पोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution