हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

पोखरामा १० बर्षे किशोरीको क्रुरतापुर्वक हत्या ‘बलात्कार पछि हत्या गरेको आशंका …(भिडियो)

पोखरा । पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा आज (मंगलबार) सबेरै बालिका मृत भेटिइन् । १० वर्षीया श्रेया बिक (सुनार) हिजो साँझ साढे ६ बजेदेखि घर फर्केकी थिईनन् । आफन्तले राति सम्म खोजी गर्दा भेट्टाएनन् । तर बिहानै श्रेया मृत अवस्थामा भेटिइन् ।

मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा शव भेटिएको हो । स्थानीयका अनुसार श्रेया बिस्कुट किन्न भनेर पसलतिर गएकी थिईन्, तर फर्केर आईनन् ।

झाडीमा शव घोप्टो परेको अवस्थामा थियो । बालिकाको निधारमा ढुंगाले हानेर हत्या भएको अनुमान गरिएको छ । शवको छेउमै रगत लागेको ढुंगा भेटिएको छ । तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको छ ।

बाबुले दोस्रो बिहे गरे पछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । उनी स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै आएकी थिइन् । बिरामी रहेकी आमा बेले बिक डेढ महिना अघिमात्रै उपचार गराएर घर फर्केकी थिईन् ।

छाेरीकाे मृत्यु पछि भाविह्वल बनेकी अामा बेले बिक।

स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले हत्या भएको देखिएपनि रेप भएको बारे पोष्टमार्टम रिपोर्टपछि नै थाहा हुने बताए । बलात्कारपछि हत्या हो ? भन्ने ‘मर्डर भएको छ । रेप भन्ने कुरा प्रहरीले कसरी बताउने ? पोष्टमार्टमका लागि हस्पिटल ल्याइएको छ । रिपोर्टले नै बताउँछ ।’ डिएसपी कार्कीले भने ।

घटनाबारे थप बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले फोन काटिदिए भने प्रवक्ता डिएसपी रबीन्द्रमान गुरुङको फोन उठेन ।

स्थानीय आन्दोलित

स्थानीयले बलात्कार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, पोष्टमार्टमका लागि शव लैजान दिँदैनौं भन्दै स्थानीयले धेरै समय प्रहरीलाई शव उठाउन समेत दिएन । नाराबाजी गर्दै गाउँ नै उल्टिएर प्रहरीलाई अवरोध गरेका थिए । गण्डकन्युजबाट |

पछिल्लो दुई तस्विरः दीपक परियार/कान्तिपुरबाट

भिडियो 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution