हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

कोशी र नारायणीमा पानी जहाज ल्याउने उर्जामन्त्री पुनको दावी

असोज ९, काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै आर्थिक वर्षभित्रमा कोशी र नारायणी नदीमा जलमार्गको निर्माण कार्यको थालनी गर्ने जानकारी दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री पुनले नेपालको समुन्द्रसँगको सहज सम्पर्क स्थापना गर्न सरकारले कोशी र नारायणी नदीमा जलमार्गको निर्माण कार्यको थालनी गर्ने बताएका हुन् । कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको पर्याप्त सम्भावना रहेको भन्दै यसमा अध्ययन जारी रहेको उनको भनाई छ ।

उनले आगामी तीन वर्षमा सबै नेपालीको घरघरमा बिजुली बत्ती पु¥याइसक्ने भन्दै हाल सरकारले भारतबाट प्रतिवर्ष रु १७ अर्बको बिजुली खरीद गर्दै आएको जानकारी दिए । उनले सिक्टा सिचाई आयोजनामा बारेमा बाहिर आएका समस्याका बारेमा मन्त्रालयले अध्ययन भईरहेको जानकारी दिए । राष्ट्रिय गौरवको सिक्टा आयोजनाको मुल नहर परीक्षणको क्रममै पटक–पटक भत्किएपछि डिजाईन मै कैफियत रहेको समाचार आएपछि अध्ययन सुरु गरिएको उनको भनाई छ ।

बैठकमा समितिका सदस्यहरुले बूढीगण्डकी र पश्चिम सेती जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा ल्याउनुपर्ने, ‘तराईका अधिकांश जिल्लामा जडान गरिएका ‘डिप–बोरिङ’ सञ्चालनमा नआएकाले अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । रिपोर्ट्स क्लब |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution