विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा

असोज ९ , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मामा ‘प्रकाण्ड’ मंगलबार रिहा भएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएपी वसन्त लामाले उनी रिहा भएका बताएका हुन्।
गत भदौ २२ गते काठमाडौंबाट पक्राउ परेका प्रकाण्ड विभिन्न अभियोगमा अदालतले रिहा गर्ने आदेश दिए पनि पक्राउ पर्दै आएका थिए।
प्रकाण्डलाई पछिल्लो समय पक्राउ गरी उदयपुर पुर्याएको थियो। प्रकाण्ड चन्दा, विस्फोटन र आगजनीको अभियोगमा पक्राउ पर्दै आएका थिए।