हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

निर्मला हत्याकाण्ड: छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाउदै,दोषी पहिचान भईसकेको दाबी

असोज ९,  काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिन प्रतिवेदन आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाउन लागिएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली नेतृत्वको समितिले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउन लागेको हो ।

साउन १० गते साथीको घर जान्छु भनेर निस्किएकी निर्मला ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् ।

निर्मलाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेपनि कञ्चनपुर प्रहरीले अनुसन्धानमा चासो नदिँदा स्थानीयले आन्दोलन शुरू गरेका थिए ।

निर्मलाको बलात्कारपछि हत्यामा संलग्न भन्दै कञ्चनपुर प्रहरीले भदौ ३ गते मानसिक सन्तुलन गुमाएका स्थानीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो । वास्तविक अपराधीलाई जोगाउन प्रहरीले मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई पक्राउ गरेको भन्दै स्थानीयले आन्दोलन शुरू गरेका थिए ।

जसक्रममा प्रहरीको गोली लागेर १ जना किशोरको मृत्यु भयो भने करीब २० जना व्यक्ति घाइते भए । प्रहरीले स्थानीयको मागलाई सम्बोधन गर्न निर्मला हत्याको सत्यतथ्य छानबिन गर्न भन्दै भदौ ७ गते मैनालीको नेतृत्वमा समिति गठन गरेको थियो ।

समितिलाई १५ दिनको समयसीमा तोकिए पनि भदौ २५ गते पुनः १५ दिनको म्याद थपिएको थियो । समितिको दोस्रो पटकको म्याद थपप्रति असन्तुष्टि जनाएका समितिका सदस्य एवम् ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले प्रतिवेदन तयार भएकाले गृहमन्त्रीलाई बुझाउन लागिएको बताए ।

‘समितिले घटनासँग सम्बन्धित सबै विषयमा गम्भीर अनुसन्धान गरेर प्रतिवेदन तयार पारेको छ,’ उपसचिव केसीले  भने, ‘आजै गृहमन्त्रीज्यूलाई बुझाइन्छ ।’

पुनः छानबिन गर्नु नपर्ने

समितिका सदस्य केसीले निर्मलाको बलात्कार हत्याको सम्बन्धमा आफूहरूले पूर्ण रूपमा अनुसन्धान गरेको बताए । घटनासँग सम्बन्धित सबै पक्षबारे सुक्ष्म अनुसन्धान गरेर प्रतिवेदनमा उल्लेख गरिएकाले पुनः अनुसन्धान गर्नु नपर्ने केसीको भनाइ छ ।

‘घटनाको पुनः अनुसन्धान गर्नु नपरोस् भन्ने हाम्रो अपेक्षा हो,’ केसीले  भने, ‘हामीले पुनः अनुसन्धान गर्नु नपर्ने गरी अनुसन्धान गरेका छौं ।’

संदिग्ध अभियुक्तको पहिचान

समिति स्रोतका अनुसार प्रतिवेदनमा निर्मला हत्या प्रकरणका संदिग्ध अभियुक्तको विवरण समेत उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइ छिट्टै दोषी पक्राउ पर्ने समितिका एक अर्का सदस्यको दाबी छ ।

‘हामीले घटनाका संदिग्ध र घटनामा उनको संलग्नताको आधार समेत प्रतिवेदनमा पेश गरेका छौं,’ समितिका ती सदस्यले नाम नबताउने शर्तमा  भने, ‘यदि प्रतिवेदनमा उल्लेख भएअनुसार अबको कारवाही प्रक्रिया अगाडि बढाइए दोषी पक्राउ पर्छन् ।’ लोकान्तरमा छ |

असोज ९, २०७५ मा प्रकाशित






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution