ठेक्का लिने काम नगर्ने:पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई पक्राउ पूर्जी जारी
असोज ९ ,रौतहट–पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ठूला आयोजना निर्माणमा लापरवाही गरेको भन्दै जिल्ला अदालत रौतहटले रौनियारविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
उक्त कन्स्ट्रक्सनले विभिन्न आयोजनाको ठेक्का लिने तर काम समयमा पूरा नगर्ने र पूरा गरेपनि कमसल बनाउने गरेको आरोप लाग्ने गरेको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा गत भदौ ८ गतेको डुंगा दुर्घटनाका पीडितहरूको किटानी जाहेरी पछि निर्माणको काम समयमा नसकेको भन्दै निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई पक्राउ पुर्जी जारी गरिएको हो ।
असोज ९, २०७५ मा प्रकाशित
यो पनि पढ्नुहोस्
पप्पु कन्स्ट्रक्सनलाई राष्ट्र बैंक भवन बनाउने ठेक्का !