नेपालजीत लामा तामाङको ‘मन्थन’ पुस्तक लोकार्पण

काठमाडौं — राजनीतिकर्मी तथा समाजसेवी नेपालजित लामाद्वारा लिखित ‘मन्थन’ पुस्तक सोमवार लोकार्पण गरिएको छ ।
साहित्यकार तथा पूर्वसांसद नारायण ढकाल, प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं ३ का माननीय सांसद कृष्ण राई, प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं ३ का प्रदेश सांसद रामेश्वर फुँयाल, प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं ३ का प्रदेश सांसद छिरिङ दोर्जे लामा, जापानका लागि नेपाली पूर्वराजदूत डाक्टर गणेश योन्जन , घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।
प्रमुख अतिथि नारायण ढकालले संसारमा राजामाहाराजाको मात्र ईतिहास बनेकोमा घोष्टराईटिंगका कारण सामान्य मान्छेको कथा आउन थालेकोमा खुशी ब्यक्त गर्नुभयो र भन्नुभयो नेपालजीत लामाको बौद्ध क्षेत्रमा अतुलनीय समाजिक योगदान रहेको छ । राजनीति र समाजसेवामा उहाँको योगदान बारे यो किताबमा त्यति नबोले पनि अरु कुरा साहसिक ढंगमा आएको छ ।
किताबमाथि समिक्षा गर्दै पुर्व राजदुत गणेश योन्जनले किताबले नेपालजीत लामाको सम्पुर्ण ब्यक्तित्व नसमेटे पनि उहाँको ब्यक्तित्व बारे राम्रै बोलेको बताउनुभयो । अर्का वक्ता काठमाडौ क्षेत्र नम्बर ३ प्रदेश सभाका सांसद रामेश्वर फुँयालले राजनीतिमा समकक्षी नेपालजीत लामाको साहसका कथा किंवदन्ती जस्तो लाग्ने बताउदै राजनीतिबाट उहाँ किनारमा रहन नुहने बताउनुभयो । लोकान्तरबाट |
असोज ८, २०७५