हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोप ‘झुटा’

काठमाडौँ : बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोपलाई बोद्यी श्रवण धर्म संघले गलत भनेको छ। संघका सह-सचिव केवल लामाका अनुसार बम्जनलाई अपमानित गर्न यस्तो आरोप लगाइएको हो ।

‘बोधी श्रवण धर्म संघ गुरुज्यूमाथि एकजना आनी धर्मशीलपालना गर्न आफूलाई कृतसंकल्पित राख्न नसकेर गुरु आश्रम (मैत्री काजुक्पा)बाट बाहिरनुपरेको पीडामा खेल्दै केही कुतत्वहरुले उहाँलाई बलात्कार जस्तो जघन्य आरोप लगाउने कोशिस भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो सत्प्रतिशत कपोलकल्पित, झुटो र महान गुरुज्यूबाट कल्पनासम्म नहुने विषय भएकोले बोधी श्रवण धर्म संघ केन्द्रीय कार्यालय खण्डन गर्दछ ।’

संघका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले गुरुमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको बताए । उनले कपोकल्पित र झुठो आरोपको सरकारले खोजबिन गर्नुपर्ने बताए । उनले भने,‘गुरुमाथि लागेको आरोपको सरकारले छानबिन गर्नुपर्छ । जसले जे आरोप लगाएपनि सत्यको जित हुन्छ ।’

उनले मानव अधिकारको नाममा गुरुमाथि यस्तो आरोप लगाएर अमानवीय काम गरिएको आरोप लगाए । उनले यस्तो निराधार आरोप लगाएर देशी विदेशी तत्वहरुले नेपालमा धार्मिक सद्भाव खलबलाउन खोजिरहेको बताउँदै सरकार गम्भीर हुनुपर्ने पनि बताए ।

‘अहिले नेपालमा अस्थिरता फैलाउ प्रपञ्च चलिरहेको बेला नेपालीले गर्व गर्न पाएको बोधी श्रवण धर्मसंघ गुरुको जन्म र त्यो ज्ञानमार्ग कठिन तपमार्फत प्राप्त भूमि भएको कुरालाई नजरअन्दाज गर्दै गुरुप्रति हिलो छ्याप्ने दुष्प्रयासले थप अस्थिरता भड्काउने, बढाउने कुत्सित चाल बाहेक अरु केही नभएको कुरा यो बोधी श्रवण धर्मसंघ प्रष्ट गर्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारलाई यसबाट भड्कन सक्ने साम्प्रदायिकताप्रति सजग, सचेत रहन र जिम्मेवारी वहन गर्न समेत आग्रह गर्दछ ।’

संघका पूर्व अध्यक्ष कमानसिंह लामाले गुरुमाथि आरोप लगाउने ती युवतीलाई आर्थिक हिनामिना गरेको आरोपमा संघले कारबाही गरेको स्मरण गराएका थिए ।

‘धार्मिक भेटी र चन्दाबाट संकलित ८ लाख हरायो । हराएको ८ लाख पैसाको खोजी हुँदा ती युवती लगायत अन्य ८ जनालाई संघले धार्मिक कारबाही गरेको थियो’, उनले भने, ‘त्यतिबेला उनका बुवा गुरुकामा आत्मा रणे मोक्तानले नै छोरीको सुटकेशमा ६ लाख पैसा रहेको खबर गरेका थिए । उनले नै आग्रह गरेपछि हामीले चोरीको मुद्दा चलाएनौं । त्यतिबेला हामीले कागजपनि गरेका थियौं ।’

त्यस्तै कार्यक्रममा बलात्कारको आरोप लगाउने युवतीका बुवा माआत्मा गुरु मार्ग गुरु रणे मोक्तानले छोरीले गुरु बम्जनमाथि लगाएको आरोप झुठो भएको स्पष्ट पारे ।

‘गुरुमाथि यस्तो झुठो आरोप लगाउनु गलत हो । मेरो छोरी भएपनि उहाँ पनि गुरुमार्ग आनी भएर बस्नुभएको थियो’, उनले भने, ‘उहाँलाई कसले उचालेको छ ? किन यस्तो असत्य कुरा बोल्दै हुनुहुन्छ ? उहाँले लगाएका आरोप सत्य होइनन् ।’ यी सबै रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी बोधी श्रवण धर्म संघले सबै स्पस्ट जानकारी दिएको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution