ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाज र सगरमाथा युवा क्लबको रक्तदान कार्यक्रम सम्पन्न
सरोज मोहन मोक्तान तामाङ
याम्बु- असोज ६ | ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाज र सगरमाथा युवा क्लबको संयुक्त सहकार्यमा काठमाडौंको सुकेधारा चोकमा बृहत रक्तदान कार्यक्रम ८१ जानले रक्तदान गरी सप्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि पुर्ब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य एंब प्रदेश नं. ३ का सचिब आनन्द प्रसाद पोखरेल हुनुहुन्थ्यो ।
विशेष अतिथिहरुमा प्रदेश सभाका माननीय सभासदहरु सरस्वती बस्नेत, रचना खड्का, हिमाली गोले र पुर्ब सांसद जितबिर लामाको उपस्थिति थियो । त्यस्तै कार्यक्रमको अतिथिहरुमा ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजका सल्लाहकार सदस्यहरु हर्कमान पाख्रीन, धर्मेन्द्र मोक्तान, थिर बहादुर मोक्तान, कुमार थोकर, अनिश थोकर र पुर्ब नेकपा एमाले दोलखा काठमाडौं सम्पर्क मन्चका अध्यक्ष गणेश शिबकोटी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेकोे थियो ।
कार्यक्रमको अध्यक्षता सगरमाथा युवा क्लबका अध्यक्ष प्रेम बहादुर तामाङ (मोक्तान)ले गर्नुभएको थियो भने कार्यक्रमको सान्दर्भिकता, उद्देश्य र स्वागत मन्तव्य ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजका अध्यक्ष सरोज मोहन लामाले दिनुभएको थियो । कार्यक्रम संचालन भने रक्तदान कार्यक्रम संयोजक सुरेश कुमार पाख्रीनले गर्नुभएको थियो ।
यस पबित्र पुन्य कमाउने सामाजिक तथा धर्म कमाउने रक्तदान कार्यक्रममा उपस्थिति भइ रगत दानदिनुहुने सबैलाई, रगत दान नदिए पनि आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुने सम्पुर्णलाई ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाज हार्दिक मुरी मुरी धन्यवाद टकर्याउदछु ।