हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

चितवनमा घेदुङको ताम्सालिङ जागरण अभियान, स्थानिय तहमा कमिटि बनाइदै

राजेश रुम्बा तामाङ ।चितवन, भाद्र ४ । नेपाल तामाङ घेदुङले ३ नं. प्रदेशको हरेक जिल्लाहरुमा ताम्सालिङ जागरण अभियान सुरु गरेको छ । यसैअन्तर्गत चितवनका विभिन्न ७ स्थानिय तहमा पनि घेदुङको स्थानिय संगठन निर्माण गर्ने तयारी तिव्र पारिएको छ ।

हरेक स्थानिय तहमा घेदुङको कमिटि गठन गर्ने र तामाङ समुदायलाई एकताको सुत्रमा बाध्ने उद्धेश्यअनुरुप जिल्लाका हरेक स्थानिय तहमा घेदुङको कमिटि गठन गर्न लागिएको घेदुङका संघीय सदस्य तथा जिल्ला इन्चार्ज गोमनसिह रुम्बाले जानकारी दिनुभयो । तामाङ समुदायको भाषा, संस्कृति तथा पहिचान जोगाउन संगठित हुनु आवश्यक रहेको बताउदै उहाँले विभिन्न राजनितिक तथा समाजिक लडाईमा पनि घेदुङले सकरात्मक भुमिका खेल्ने बताउनुभयो ।

चितवनमा असोज ५ र ६ गते विभिन्न स्थानिय तहमा घेदुङको नयाँ कमिटि निर्माण गर्ने तय भएको जिल्ला अध्यक्ष गोपिराज घलानले जानकारी दिनुभयो । असोज ५ गते भरतपुर महानगरपालिकामा महानगरस्तरिय कमिटि निर्माण गरिने र असोज ६ गते रत्ननगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउपालिकामा नगर कमिटि गठन गरिने उहाँले बताउनुभयो । त्यसका लागि संघिय सचिव, विभिन्न विभाग प्रमुख लगायत पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको छ ।

यसैबीच कमिटि गठनका लागि स्थानिय तहका तामाङ अगुवाहरुले तयारी तिव्र पारेका छन । भरतपुर महानगर तथा अन्य नगरपालिकाहरुमा भेला आयोजक कमिटि बनाएर भेलाको तयारी भइरहेको जिल्ला अध्यक्ष घलानको भनाई छ । हाल नगरस्तरिय कमिटि गठन गरिने र सोहि कमिटिको सक्रियतामा विभिन्न वडास्तरिय कमिटि निर्माण गरिने घेदुङका ३ नं. प्रदेश सदस्य शमशेर लामाको भनाई छ । यसरी ३ नं. प्रदेशमा १ सयभन्दा बढि कमिटिहरु निर्माण हुने लामाले जानकारी दिए । प्रदेशमा ताम्सालङि जागराण अभियानअन्तर्गत असोज महिनाभित्र हरेक जिल्लाको स्थानिय तहमा कमिटि निर्माण गरिने र कातिकबाट विभिन्न चरणमा जागरण सभा, प्रशिक्षण संगै अभियानबाट प्राप्त उपलब्धिबारे समेत छलफल हुनेछ । जिल्लाको राप्ती नगरपालिकाका विभिन्न वडामा भने कमिटि गठनको काम भइरहेको राप्ती नगरपालिका इन्चार्ज दिलकुमारी थिङले जानकारी दिुनभयो । खैरहनी नगरपालिका र माडि नगरपालिकामा भने केहि समयपछि संगठन निर्माण गरिनेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution