हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

सुनसरीमा ‘हत्या भएका आलम भारतले मागेका व्यक्ति’

काठमाडौं- सुनसरीको भुटाहामा रैयान नेशनल स्कुल चलाउँदै आएका खुर्सीद आलमको बिहीबार अपरान्ह गोली हानी हत्या भएपछि हामीले हत्याको सेरोफेरो र यसको अनुसन्धानबारे ‘अपडेट’ खोज्यौं। सोधखोज गर्दै जाँदा के पत्तो लाग्यो भने, मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका आलमलाई २ दशक पहिलादेखि नै भारत सरकारले ‘पक्राउ गरेर पठाइदिन’ आग्रह गरिरहेको थियो।


भारतमा सन् सन् १९९३ मा भएको मुम्वई बम विस्फोटमा संलग्न भएको आंशंकामा आलमलाई भारतीय प्रहरीले खोजिरहेको तर्क जिल्लास्थित उनका समकक्षीले  बताए। आलमका मित्र तथा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले आलमको विगतबारे जानकारी दिँदै भने ‘उनलाई भारतीय सरकारले खोजी गरिरहेको थियो। पक्राउ गरेर भारत सरकारलाई बुझाउन नेपाल सरकारलाई आग्रह पनि गरेको थियो। अहिले यस्तो घटना भयो। हामी पनि आश्चर्यमा परेका छौं।’

गफार र आलम बिस २०५४ जिल्ला विकास समितमा सँगै थिए। गफार अध्यक्ष थिए भने आलम जिविसमा मनोनित सदस्य। ‘त्यही बेला भारतीय प्रहरीले जिविसलाई समेत आलमलाई बुझाइदिन आग्रह गरेको थियो’ गफारले भने, ‘सादा पोशाकका भारतीय प्रहरी नै आएर यस्तो आग्रह गरेको सम्झना छ।’

त्यतिबेला भारतीय प्रहरीको यस्तो आग्रहलाई जिल्ला विकास समितिका पदाधिकारीहरु नकारेको भनाइ उनको छ। त्यो घटनाबारे आलमको परिवारलाई समेत जानकारी गराइएको थियो।

हत्या गरिएका आलमलाई त्यतिबेला सीमापारिका स्थानीय पत्रपत्रिकाले समेत आलोचना गर्दै समाचार छापेको गाउँपालिका अध्यक्ष अन्सारीले जानकारी दिए। ‘मैले बुझेको यत्ति हो’ उनले भने, ‘नेपाली भूमिमा छिरेर यसरी दिउँसै हत्या हुनु गम्भीर विषय हो। प्रहरीले यसबारे कडा अनुसन्धान गर्नुपर्छ।’

स्थानीय तहबाट यस्तो सूचना आएपछि हामीले नेपाल प्रहरीको उच्च स्रोतलाई आलमबारे सोध्यौं। प्रहरी स्रोतले भन्यो, ‘यसबारे प्रहरीका पूर्वप्रमुखहरुलाई थाहा हुन सक्छ। तत्काल यो विषयमा केही भन्न सकिन्न । तर, घटनाको प्रकृति हेर्दा नियोजित रुपमा हत्या गरिएको भन्ने छ।’ आलमलाई गृहमन्त्री वामदेव गौतम भएको बेला पक्राउ गरेर भारत पठाइदिन भारतले आग्रह गरेको गापा अध्यक्ष गफारले बताए।

कसरी भयो गोली काण्ड?

आफ्नै स्वामित्वको स्कुल पढाएर उनी बजार गएका थिए। बजारबाट घर जाने क्रममा उनलाई दुईवटा मोटरसाइकलमा आएका चार जना भारतीयले गोली हानेको प्रहरीले जनाएको छ। ‘घटनाको प्रारम्भिक अनुसन्धान गर्दा नै हत्याराहरु सीमापारीबाट आएको देखियो’ घटनास्थलमा खटिएका प्रहरी निरीक्षक कमल खत्रीले भने, ‘सुरुमा दाहिने खुट्टामा गोली लागेको छ त्यसपछि कन्चटमा गोली हानेर हत्या गरिएको छ।’

आलम मोटरसाइकलमा छिमेकी अमिन मियाँसँग बजारबाट घर जान लागेका थिए। आफैंले सञ्चालन गरेको स्कुल नजिक पुगेपछि भारतीय मोटरसाइकलमा आएको समूहले आलमको मोटरसाइकल छेकेर गोली हानेको प्रहरीले जानकारी दिएको छ।

अचम्मको कुरा के भने, आलमको घटनास्थलमै मृत्यु भए पनि उनकै मोटरसाइकलको पछाडि बसेका मियाँलाई भने केही भएको छैन। मियाँलाई पनि प्रहरीले सोधपुछ गरिरहेको छ।

घटनास्थल भारतीय सीमा नाकाबाट ७ किलो–मिटर टाढा छ। गोली प्रहार गरी भाग्ने क्रममा घुस्की नाकाको प्रहरीले हत्याराहरुलाई रोक्न खोज्दा प्रहरी जवान शिव पौडेललाई समेत गोली प्रहार भएको सुनसरी प्रहरीले जानकारी दिएको छ। प्रहरी पौडेलको तिग्रा र ढाडमा गरी ३ गोली लागेको प्रहरीले जनाएको छ।

घाइते प्रहरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।

को हुन् आलम?

सुनरीको हरिनगर गाउँपालिका–२ का ४५ वर्षीय आलम स्कुल सञ्चालनका अतिरिक्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय राजनीति पनि गर्थे। उनी २०५३ तिर सालमा नेकपा एमालेमा प्रवेश गरेका थिए। आलम तत्कालीन नेकपा एमालेका सुनसरी जिल्ला सल्लाहकार पनि हुन्।

जिल्ला विकास समितिको २०५४ सालमा मनोनित सदस्य समेत भएका व्यक्ति हुन् आलम। आलमका ३ छोरा र २ छोरी छन्। उनको विवाह सुनसरी पारीको बलुवा भन्ने ठाउँमा भएको हो। तर मुम्बईमा भएको घटनामा संलग्न भएको आरोपमा भारतीय प्रहरीलाई उनलाई पक्रन खोजिरहेकाले आलम घर पारिपीट्ट रहेको भारतीय ससुराली गाउँ बलुवा समेत जाने नगरेको स्थानीयवासी बताउँछन्।

हत्याको विरोधमा प्रर्दशन

आलमको हत्या भएपछि सुनसरीमा विरोध प्रदर्शन भएको छ। हरिनगरका स्थानीयबासी गोली प्रहार भएको घटनाबारे तत्काल जानकारी गराउदा पनि शसस्त्र प्रहरी नआएको भन्दै आक्रोशित छन्।

शसस्त्र प्रहरी कै अगाडि सुटर समूह भाग्दा समेत सशस्त्र प्रहरीले केही नगरेको भन्दै नेकपाका जिल्ला सदस्य लस्करी अन्सारीले नेपाल लाइभसँग आक्रोश पोखे। भने, ‘हत्यारा समाउन सकिन्थ्यो तर लापरवाहीले भागे।’

भुटाहामा शसस्त्र प्रहरी बलको डिएसपी कमाण्डमा क्याप समेत रहेको छ।

स्थानीयले आलमको शव प्रहरीसँग खोसेर सडकमा राखेर प्रशासन बिरुद्ध नाराबाजी गरिरहेका छन्। हरिनगरका बिभिन्न ठाँउमा टायर बालिएको छ।

आक्रोश बढ्दै गएपछि अहिले जिल्लाका सम्पूर्ण नाकाहरु बन्द गरिएको सुनसरी प्रहरीले जनाएको नेपाललाइभमा छ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution