इजरायलमा झापाली समाज र प्रवासी सृजनशिल महिला समुह द्वारा तीज भव्यताको साथ मनाइयो

साबू भट्टराई
तेलअविव – झापाली समाज इजरायल र प्रवासी सृजनशिल महिला समुह दमक (हाल इजरायल ) को सयुक्त आयोजनमा गत १४ सेप्टेम्बर २०१८ (शुक्रबार) बेलुका तेल अभिबको पार्क यार्कोनमा “तीज बिशेष कार्यक्रम २०७५ ” भव्यता का साथ सम्पन्न भएको छ |
प्रवासी सृजनशिल महिला समुह दमक (हाल इजरायल ) की अध्यक्ष तथा झापाली समाज इजरायलकी बरिष्ठ महिला उपाध्यक्ष श्रीमती माला योञ्जन तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा झापाली समाज इजरायलका सल्लाहाकार एबम एन आर एन ए इजरायलका संरक्षक दिपक प्रसाद ओली रहनु भएको थियो | त्यसै गरि बिशेष अथितिमा झापाली समाज इजरायलका संरक्षक एबम प्रवासी सृजनशिल महिला समुह दमक (हाल इजरायल )का सल्लाहाकार जय प्रसाद ओडारी र अन्तराष्ट्रिय झापाली समाज मध्यपुर्व मिडिया संयोजक, झापाली समाज इजरायलका कार्यसमिति सदस्य एबम प्रवासी सृजनशिल महिला समूह दमक (हाल इजरायल )का सल्लहाकार खेम राज जमर कट्टेल रहेका थिए |
सभापति र प्रमुख अथितिबाट दिप प्रजन्लन गरि सुरु भएको कार्यक्रममा झापाली समाज इजरायलकी कोषाध्यक्ष श्रीमती गोमा कार्कीले स्वागत मन्तब्य राख्नु भएको थियो |
उक्त कार्यक्रममा झापाली समाज इजरायलका अध्यक्ष गणेश सागर गौतमले झापाली समाजको तर्फबाट शुभकामना मन्तब्य र सस्थाको उदेश्यका बारेमा प्रस्ट पार्नु भएको थियो भने प्रवासी सृजनशिल महिला समुहकी सल्लाहाकार श्रीमती निर्मला पौडेलले प्रवासी सृजनशिल महिला समुहको बारेमा प्रस्ट पार्दै शुभकामना मन्तब्य राख्नु भएको थियो |
शुभकामना मन्तब्यकै क्रममा प्रमुख अथिति दिपक प्रसाद ओली,बिशेष अथिति जय प्रसाद ओडारी ,बरिष्ठ पुरुष उपाध्यक्ष सन्दिप भण्डारी र विभिन्न संघ सस्थाहरुबाट पाल्नु भएका अथितिहरु : प्रवासी नेपालि मंच इजरायलका अध्यक्ष तिर्थ गौतम ,जनसम्पर्क समिति इजरायलका कार्यवाहक सभापति डम्बर गुरुङ ,नेपालि संघीय समाज इजरायलका अध्यक्ष सुन्दर सिंह योञ्जन तामाङ र सत्य शाही सेन्टरकी अध्यक्ष नेहा गुरुङले शुभकामना व्यक्त गरेका थिए |
त्यसै गरि प्रवासी सृजनशील महिला समुहकी उपाध्यक्ष मिरा सेडाई र सम्पर्क संयोजक गोमा गौतमले तीजको मिठो गीत प्रस्तुत गरेकी थिईन् भने कार्यक्रमलाइ अझै रौनक प्रदान गर्नका लागि कलाकार खुसि निकुले नृत्य प्रस्तुत गर्नु गरेकी थिईन् |
कार्यक्रमको अन्तमा कार्यक्रमको संयोजक तथा झापाली समाज इजरायलका महासचिब रमेश रिजालले दुवै आयोजक टीमलाई धन्यबाद व्यक्त गर्दै सबैलाई हरितालिका तीजको शुभकामना प्रदान गर्नु भएको थियो |
कार्यक्रममा सहभागी सबैलाई मिठो दर खुवाएर अनौपचारिक कार्यक्रमको सुरु भएको थियो !उक्त कार्यक्रममा तीजको गीत गाउदै भब्य रुपमा नाचगान गरि भरपुर मनोरंजन गरिएको थियो |
अन्तमा सभापति माला योन्जन तामाङले कार्यक्रमलाई सफल पार्न उपस्थित हुनु भएका सबैलाई र साथ सहयोग पुर्याउनु हुने महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु हुदै कार्यक्रम समाप्त भएको घोषणा गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो |