हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

किराती राई जातिको ‘यारी’ उत्कृष्ट आदिवासी चलचित्र 

न्यू योर्कमा नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका(फिप्ना) ले यहीं सेप्टेम्बर १५ र १६ तारिख आयोजना गरेको ‘दोश्रो नेपालआदिवासी जनजाति चलचित्र महोत्सव-२०१८’ मा छनौटमा परेका ९चलचित्रहरू मध्येबाट किराती राई जातिको (बेष्ट फिल्म) चुनिएकोछ। उक्त चलचित्रको निर्देशन बीरबहादुर राईले गरेकाहुन्।

त्यसैगरी, महोत्सवबाट प्रदान गरिएको १० बिधाहरूमा ‘बेष्ट एक्टर’ राजेशगुरुङले ‘भेंडी गोठाले’ (गुरुङ) चलचित्रबाट, ‘बेष्ट एक्ट्रेस’ भिन्तुना जोशीले‘स्वयनगु’ (नेवार) चलचित्रबाट, ‘बेष्ट स्टोरी’ प्रिया तामांगले ‘सेम्की तम’ (तामांग) चलचित्रबाट, ‘बेष्ट फिल्म बाई पब्लिक चोईस्’ ‘भेंडी गोठाले’ (गुरुङ) चलचित्र, ‘बेष्ट डाईरेक्टर’ अरूण कुमार प्रधानले ‘ओम्ला’ (याख्खा) चलचित्रबाट, ‘बेष्ट कस्टुम’ ‘स्वयमगु (नेवार) चलचित्र, ‘बेष्ट सिनेमेटोग्राफ़र’ युवराज राईले ‘यारी’ (राई) चलचित्रबाट, ‘बेष्ट स्कृन प्ले’ अमृतमान महर्जनले‘स्वयनगु’ (नेवार) चलचित्रबाट र ‘बेष्ट म्यूजिक’ रैंयाँ (मगर) चलचित्रले प्राप्तगर्न सफल भएकाछन्। त्यसैगरी, छनौटमा परेका ३ वटा लघु चलचित्रहरूबाट‘बेष्ट सर्ट फिल्म’ को पुरस्कार ‘गिल श्याँदर’ (सुनुवार) ले प्राप्त गरेको छ भने २ वटा डकुमेण्ट्रीहरूबाट ‘बेष्ट डकुमेण्ट्री’ संजोग लाफा मगरद्वारा निर्मित ‘कमलपोखरी’ (नेवार सम्पदा) ले जित्न सफल भएकोछ।

महोत्सवका लागि प्रवेश गरेका नेपालका ४२ आदिवासी चलचित्रहरु मध्ये ९चलचित्रहरु दुई दिने महोत्वसमा छनौट गरी प्रदर्शन गरिएको थियो । उक्तमहोत्सवमा ३ वटा लघु चलचित्र र २ वटा डकुमेन्ट्री (वृत्त चित्र) पनि प्रदर्शनगरिएको थियो । चलचित्रहरुको लागि बिभिन्न १० विधाको पुरस्कारहरुकोव्यबस्था गरिएको थियो । महोत्सवबाट उत्कृस्ट हुने चलचित्रको नगद पुरस्कारएक लाख पचिस हजार रुपैयाँ नेपाल सरकारको चलचित्र बिकास बोर्डलेप्रायोजन गरेको छ भने ‘बेष्ट सर्ट फिल्म’ र ‘बेष्ट डकुमेण्ट्री’ को लागिकदरपत्रसहित जनही एकतीस हजार रूपैंयाँ नगद पुरस्कार प्रदान गरिएको छ।

महासंघले प्रारम्भिक रुपमा चलचित्र छनौटको लागि ‘आदिवासी चलचित्रमहासंघ नेपाल’ केन्द्रिय समितिको अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा अनिल बुढा मगर, भूपेन्द्र गुरुङ, अरुण प्रधान र श्रीजना सुब्बा सदस्य रहेको पाँचसदस्यीय प्रारम्भिक छनौट समिति गठन गरेको थियो । नेपालको प्रारम्भिक छनौट समितिमा विभिन्न समुदायबाट दर्ता भएको ४६ पूर्ण तथा लघु (छोटो) चलचित्र एवं डकुमेन्ट्री मध्ये २४ वटा छनौट भई अमेरिका आएको थियो ।नेपालबाट चलचित्रहरु मध्ये एउटै समुदायको २ वा २ भन्दा बढी चलचित्र मध्येसम्बन्धित समुदायको संस्थाको चलचित्र सम्बन्धित व्यक्तिहरुको संलग्नतामाएक एक वटा छनौट गरि महोत्सवको लागि ९ वटा लामो चलचित्र, ३ वटा लघुचलचित्र र २ वटा डकुमेन्ट्री अन्तिम प्रदर्शनको लागि छनौट भएको थियो ।

महोत्सव तथा निफ्फ अवार्ड २०१८ को अन्तिम चरणको लागि छनौट भएकोचलचित्रहरुको निस्पक्ष र बिबाद रहित रुपमा छनौट गर्नको लागि शैलेश श्रेष्ठकोसंयोजकत्वमा शम्भु मोक्तान, लिला राई, रोज लामा र छिरिङ्ग रिन्जिनगुरुङको पाँच सदस्यीय निर्णायक समिति गठन गरिएको थियो । त्यसैगरी, महोत्सवमा सहभागी लघु चलचित्र र डकुमेन्ट्री छनौटको लागि संघिय परिषद, फिप्नाको सभामुख बिनोद पोमोको संयोजनमा निमा पाख्रिन र मच्छेदेबी गुरुङसम्मिलित तीन सदस्य निर्णायक समिति निर्माण गरिएको थियो ।

त्यसैगरी, अमेरिकामा क्रियाशील आदिवासी जनजातिहरुको साँस्कृतिक संस्था तथा महासंघको सदस्य संस्थाहरुलाई बृहत रुपमा सहभागी गराई प्रोत्साहन गर्नमहोत्सवको पहिलो दिन ‘आदिवासी साँस्कृतिक कार्यक्रम’ को आयोजनागरिएको थियो । यसको तयारीको लागि घ्याल्सुम्दो सेवा संस्थाको अध्यक्ष राप्केलामा संयोजक र केशबराम राई र गोमा योञ्जन सदस्य रहेको साँस्कृतिकसमिति तयार गरिएको थियो ।

महोत्सवको पहिलो दिनको उद्घाटन प्रमुख अतिथि एनआरएन आईसीसी नर्थअमेरिका उप-संयोजक नबिन शेरचन र महासंघका अध्यक्ष मानबहादुर रानामगरले संयुक्त रुपमा पानसमा बत्ति बालेर गरेका थिए भने नेपाल चलचित्रविकास बोर्डको सदस्य सचिब महेन्द्रप्रसाद शांखी, नेपाली वाणिज्यदूत कृसुक्षेत्री र काउन्सिलम्यान कोस्टा कोस्टान्टिनीडेजले संयुक्त रुपमा महोत्सवकोब्यानर ओपन गरेर उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा नेपाली र अमेरिकीराष्ट्रगानका साथै नेपाली आदिवासी राष्ट्रीय गीत प्रस्तुत गरिएको थियो ।

उद्घाटन सत्रमा बोल्दै फिप्ना अध्यक्ष मान बहादुर राना मगरले जनजातिकोपहिचानको मुद्दालाई स्थापित र सस्थागत गर्न महोत्सवले महत्वपूर्ण भूमिकाखेल्ने उल्लेख गर्दै जनजातिको मौलिक भाषा, संस्कृति, संस्कार, रिति-रिवाज रधर्मलाई संरक्षण र सम्बर्दन गर्न यस्ता महोत्सवले सहयोग पुर्याउने बताउनु भयो ।  प्रमुख अतिथि एनआरएन आईसीसी नर्थ अमेरिकाको उप-संयोजक नबिन शेरचनले महासंघले महोत्सवको आयोजना गरेकोमा प्रसंसा गर्दै सबै जना एकजुट भएर अगाडी बढ्नु पर्ने बताउनु भयो । साथै, उहाँले यस्ता महोत्सवजनजातिको पहिचानसंग जोडिएकोले नेपाल सरकारले आउने दिनहरुमा ठोसरुपमा सहयोग गर्नु पर्ने आग्रह गर्नु भयो ।

नेपाल चलचित्र बिकास बोर्डका सदस्य सचिब महेन्द्र शांखीले सरकारलेजनजातिको भाषा, सँस्कृतिसंग सम्बन्धित चलचित्रको निर्माण गर्न सहयोग गर्ननसकेको स्वीकार गर्दै विदेशको भूमिमा आयोजना गरिएको यो फिल्म महोत्सवलेआदिवासी चलचित्रको विकास र प्रबर्धनमा टेवा पुग्ने बताउनु भयो ।  नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत कृसु छेत्रीले महोत्सब सम्बोधन गर्दैनेपाली आदिबासी जनजातिको सास्कृतिक सम्पदाहरु राष्ट्रकै सम्पदा र सम्पत्तिभएको उल्लेख गर्नुभयो । छेत्रीले सरकारको तर्फबाट सक्दो सहयोग गर्न रमहासंघ संग हातेमालो गरेर अघि बढ्न महावाणिज्य दूतावास तयार रहेकोबताउनु भयो।

उद्घाटन सत्रमा न्यु योर्क सहरका काउन्सिलम्यान कोस्टा कोण्टाण्टिनिडिसलेमहोत्सवले नेपाली आदिवासीहरुको संस्कृतिको प्रबर्धन गर्ने बताउँनु हुँदैआयोजक महासंघ र महासंघको नेतृत्व बर्गलाई आभार व्यक्त गर्नुभयो । आदिवासी चलचित्र महासंघ, नेपाल केन्द्रिय समितिको अध्यक्ष अमृत सुनुवारलेमहोत्सव सफलताको शुभकामना बिज्ञप्तिमार्फत ब्यक्त गर्दै आदिबासीको लोपहुँदै गएको संस्कार र संस्कृतिलाई चलचित्रको माध्यमबाट संरक्षण र प्रबर्धन गर्नमद्दत पुगेको बताउनु भयो । फिप्ना संघीय परिषदका सभामुख बिनोद पोमोले यस्ता महोत्सवले जनजातिचलचित्र निर्माण गर्ने चलचित्रकर्मीहरुलाई प्रोत्साहन र उर्जा थप्ने बताउँदैसहयोगी संघ संस्थाहरुलाई धन्यबाद व्यक्त गर्नु भयो ।

नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ्फ अवार्ड-२०१८ महोत्सवसंयोजक तथा फिप्ना वरिष्ठ उपाध्यक्ष राज कुमार बिष्टले महासंघले नेपालकोआदिवासी जनजातिहरुको भाषा, संस्कृति र रिति-रिवाजहरुको संरक्षण, सम्बर्दन तथा सम्बर्दनको लागि बन्ने आदीवासी जनजाति संस्कृतिमा आधारितचलचित्रहरुको बिकास र बजार प्रबर्दनको लागि सहयोग पुर्याउने र आदिवासीचलचित्रकर्मीहरुलाई सहयोग तथा प्रोत्शाहन गर्ने उदेश्यले गत वर्ष २०१७ देखि”नेपाल आदिवासी चलचित्र महोत्सव” सुरुवात गरेको बताउँनु हुँदै महोत्सबलाईभब्य रुपमा सफल पार्न प्रायोजक, स्वयमसेवी, सदस्य तथा सहयोगी संघसंस्थाहरु र संचारकर्मीहरुको अहम् भूमिकाको निम्ती हार्दिक आभार व्यक्त गर्नुभयो ।  उद्घाटन सत्रको सन्चालन फिप्नाका महसचिब प्रेम गुरुङ्ले गर्नुभएको थियो भने पुरस्कार वितरण एवं समापन समारोहको संचालन प्रथम मिस नेपाल युनिभर्सनग्मा श्रेष्ठले गर्नुभएको थियो।

-नाइस समाचार बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution