हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

धनगढीमा संविधानको विरोध गर्दै ‘कालो दिवस’

असोज ३, २०७५ धनगढी – संविधान दिवसकै अवसरमा ७ नम्बर प्रदेश सरकारले धनगढीमै विविध कार्यक्रम गरिरहँदा त्यसको विपरीत कालो दिनको रुपमा मनाइएको छ ।

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले बुधवार ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीको पार्क चोकमा विरोधसभा आयोजना गरी कालो दिनको रुपमा मनाएको हो ।

कैलाली, कञ्चनपुरसहित चितवनसम्मको तराईको भूभागलाई समेटेर थरुहट प्रदेश कायम गर । थरुहट थारुवान आन्दोलनले उठान गरेको मुद्दा संविधान संशोधन गरी माग पूरा गर । आन्दोलनको क्रममा भएको टीकापुर मुद्दालाई राजनीतिक रुपमा समाधान गर । टीकापुर राजबन्दीलाई यथाशीघ्र बिना शर्त रिहा गर’ भन्ने नाराका साथ कालो दिन मनाएको हो ।

संघर्ष समितिका संयोजक कृष्णकुमार चौधरी ‘कुन्दन’ले सभालाई सम्बोधन गर्दै नेपालको संविधान एक पक्षीय भएको दाबी गरे । उनले भने, ‘हामी संविधान मान्दैनौं भनेका छैनौ, तर वर्तमान संविधान नून बिनाको तरकारी जस्तै छ । अपूरो छ । वर्षौदेखि उत्पीडित वर्ग समुदायलाई उपेक्षित गरेको छ ।’

नयाँशक्ति नेपालका प्रदेश संयोजक समेत रहेका कुन्दनले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा लिएर समस्या समाधान गर्नुपर्ने बताए । ‘राजनीतिक आन्दोलनको क्रममा टीकापुर घटना घटेको हो । घटना दुःखद भयो, तर राजनीतिक रुपमा लिनुपर्छ । कुनै हालतमा आपराधिक होइन,’ उनले अगाडि भने, ‘म प्रश्न गर्न चाहन्छु, ए बाबुराम, प्रचण्ड, केपी ओली, शेरबहादुर देउवा, के तपाईहरू राम नाम जपेर यहाँसम्म पुगेको हो ?’

राष्ट्रिय जनता पार्टीकी प्रदेशसभा सदस्य मालामति रानाथारुले संविधान दिवसमा खुशी हुनुको कुनै अर्थ नरहेको बताइन् । संविधानमा आफूहरू अपनत्व खोजेको बताउँदै उनले आफूहरूले राखेको संविधान संशोधन, टीकापुर राजबन्दीको रिहाइ लगायतको माग राज्यले नसुनेपछि कालो दिन मनाउन बाध्य भएको उल्लेख गरिन् ।

प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई यथाशीघ्र शपथ ग्रहण गराउनुपर्ने पनि उनको भनाई थियो । सभालाई राजपा कैलालीका अध्यक्ष प्रेम राना, आदिवासी जनजाति महासंघ कैलालीका अध्यक्ष दलबहादुर घर्तिमगर लगायतले सम्बोधन गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution