प्रहरीको खोजी रहेका सिके राउतले संविधानको विरोधमा सम्बोधन गर्दा प्रहरी मूकदर्शक

जनकपुर : प्रहरीको खोजी सूचीमा रहेका सिके राउतले हजारौं कार्यकर्ताको बीचमा संविधानको विरोधमा बाेलेका छन्।
जनकपुरको ‘रामानन्द चोक’मा राउतले भाषण गर्दै गर्दा प्रहरी भने मूकदर्शक बनेको छ। मंगलबार साँझसम्म राउतको खोजी भइरहेको बताएको जनकपुर प्रहरी उनले मुख्य चोकमा उपस्थित हुँदा गर्दा मूकदर्शक बनेको हो।
संविधान दिवसकै दिन स्वतन्त्र मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका राउतले प्रदेश २ को राजधानी जनकपुरकै मुख्य चोकमा संविधानको चर्को विरोध गर्दै भाषण गरेका हुन्।अन्नपूर्ण पोस्ट बाट |