दोहोक कुर्दिस्तानमा बिजयदशमीको अवसरमा बिशेष सांस्कृतिक कार्यक्रम हुदै

सुमित्रा थिङ , इराक -नेपालीहरुको महान चाड शुभ बिजया दशमीको उपलक्ष्यमा प्रवासी नेपाली मन्च दोहोक कुर्दिस्तानले आउँदो अक्टोबर १९ तारिखको दिन रोतन हलमा बिशेश सास्कृतिक कार्यक्रम गर्ने भएको छ।
स्थापना कालदेखि हरेक चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको र यसपालि पनि शुभकामना आदनप्रदान सहित बिबिध सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।कुर्दिस्तानमा रहनु हुने नेपाली दाजु भाइ दिदीबहिनीहरुलाई मनोरंजन तथा शुभकामना आदन प्रदान गराउने उदेश्यले यो कार्यक्रम राखिएको आयोजले बताए।
कार्यक्रम मा आउनु भएको सम्पुर्णलाई खानाको ब्यबस्थापन गरेको र सम्पुर्ण प्रवाशमा रहेको आम नेपालीको आफ्नो क्षमतालाइ प्रस्फुटन गर्ने हिसाबले पहिलाको भन्दा छुट्टै किसिमले खुल्ल डान्स कम्पिटिसन गर्दै नगद पुरुस्कारको समेत ब्यबस्थापन गरेको आयोजकले बताए ।