हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

प्रदेशमा बेथितिका प्रमुख कारण तीन कारण र गर्नुपर्ने कामहरु

-परशुराम तामाङ

“नेपालमा संघीयता असफल भए त्यसको दोषी केन्द्रीय सरकार हुनेछ”, यो भर्खरै सम्पन्न भएको भेलापछाडिको प्रदेश प्रमुखहरुको प्रतिक्रिया हो । संघीय शासनमा संविधानबाटै संघ र प्रदेशबीच अधिकार बाँडफाँड गरिन्छ र बिनासंघको हस्तक्षेप प्रदेश संविधानप्रदत्त अधिकारहरु उपभोग गर्न स्वायत्त हुन्छन् ।

तर हिजो उनीहरुले संविधानमा भएको प्रदेशको अधिकार पनि केन्द्रले प्रदेशलाई प्रयोग गर्न दिएन भने । पहिले पनि प्रधानमन्त्रीलाई भेटेपछिको उनीहरुको अभिव्यक्ति थियो, “स्रोत–साधन र अधिकार नदिने भए प्रदेशको काम छैन ।” प्रदेश सरकारका मन्त्रीहरुको असन्तुष्टि आयो, “प्रदेशलाई शाखा कार्यालय ठानियो ।” त्यस्तैे समाचार बन्यो, “तीन सरकार तीनतिर” कर बड्यो सबैतिर । “देशको शासन संघीय, बजेटमा एकात्मकताको आशय” । उक्त अभिव्यक्तिहरुबाट निम्न कुरा अनुमान गर्न सकिन्छः प्रथम, संघीय शासनको ढाँचामा कही न कहि कमजोरी, अधिकारमा दोहोरोपना वा हस्तक्षेप भएकोछ; दोस्रो, संघीय सरकारले प्रदेश सरकारलाई कर्मचारी, अधिकार, काम र स्रोत–साधन हस्तान्तरण गर्नु कन्जुस्याँइ ग¥यो; र तेस्रो, संघीयताको ढाँचा नै गलतढंगले संविधानमा राखिएको छ । यो तेस्रो कुरा संविधान घोषणा गर्ने समयमा नै मधेसी र आदिवासी जनजातिले भनेका थिए । राज्यपुनर्संरचना आयोगको सिफारिस बमोजिम पहिचानसहितको १० प्रदेशको माग गरिएको थियो । यसका लागि चार छ महिना आन्दोलन पनि भयो । यसबेला यो पुष्टि भएको छ कि कामकाजी संघीयता बनेको छैन । अतः राज्ययन्त्रलाई कामकाजी बनाउनु यो सरकारको पहिलो कार्यभार हो ।

समस्या कहाँ छ ?

अहिलेको बेथितिका प्रमुख कारण तीन किसिमका छन् ः

(१) बिना कुनै अध्ययन प्रतिवेदन वा सिफारिस ७ प्रदेशको संघ घोषणा भयो । औपपचारिक रुपमा पहिलो संविधानले गठन गरेको सबै पार्टीको प्रतिनिधि भएको राज्यको पुनः संरचना र राज्यशक्तिको बाँडफाँड समितिले १४ प्रदेश र २२ अल्पसंख्यक जातिको स्वायत्त क्षेत्रको सिफारिस गरेको थियो । त्यसतै, सबै पार्टीको सहमतिमा सरकारले अन्तरिम संविधानअनुसार गठन गरेको राज्यपुनर्संरचना उच्चस्त्तरीय सुझाव आयोगले समितिको प्रस्तावलाई परिमार्जन गरेर १० प्लस प्रदेश र २२ अल्पसंख्यक जनजातिको स्वायत्त क्षेत्रको सिफारिस गरेको थियो । यी दुबै समिति र आयोगले प्रदेशको नाम, संख्या, सीमा र अधिकार तथा प्रदेशको बाहुल्य जातिको लागि अग्राधिकारको व्यवस्था पनि गरेको थियो । तर हचुवाको भरमा ७ प्रदेश घोषणा गर्दा प्रदेशहरुको नामाङ्कन, प्रदेशको सरकारी कामकाजको भाषा, प्रदेशको राजधानी र विशेष, संरक्षित वा स्वायत्त क्षेत्र तोक्न सकेन । यसको जिम्मा प्रदेशसभालाई दिएको छ ।

(२) तीन तहको संघीयराज्य बनाइयो । त्यसै अनुसार समानान्तररुपमा अधिकारको बाँडफाँड गरियो । स्रोतसाधन र अधिकार कटौति गरेर प्रदेशलाई कमजोर बनाइयो । सामान्यतः विश्वमा संघीयता दुइ तहको हुन्द्ध संघ र राज्य वा प्रदेश । यी दुइ तहमध्ये संघलाई मुद्रा, सेना, परराष्ट्र र अन्तरप्रदेश मामिला हेर्ने अधिकार हुन्छ । बाँकी मामिलाहरु प्रदेशको जिम्मा दिइन्छ । स्थानीय तहलाई प्रदेशअन्तर्गत कार्यान्वयनकारी एकाईको रुपमा अधिकार दिइन्छ । यहाँ त राष्ट्रिय सभाको निर्वाचनमा पनि प्रदेशको अवहेलना भयो । जिल्ला राखेर प्रदेशलाई प्रमुख जिल्ला अधिकारीको जत्तिको शान्ति सुरक्षाका अधिकार पनि प्रदेशलाई भएन । प्रदेशसंग कुनै चेन अफ कमाण्ड नै छैन । यो संविधानले प्रतिनिधिसभामा बहुमत ल्याइसक्दा पनि प्रधानमन्त्रीको नियुक्तीलाई सहजीकरण गर्न सकेन । यी कुराहरु संविधानमा नसच्याइए कि त नेपालमा फेरी जंगबहादुर जन्मन्छ कि त संघीयता असफल हुन्छ । निर्वाचनबाटै हिटलर जन्मेका थिए भन्ने नभुलौं ।

(३) संघीय संसद, सरकार र नोकरशाहीतन्त्रको व्यवहारसँग जोडिएको प्रश्न रहेको छ । पहिलो पटक बनेको संघीय सरकारको प्राथमिक जिम्मेवारी नै संघीयतालाई कामकाजी बनाउनुका लागि नियम, कानून, स्रोत साधनको वितरण, कर्मचारी व्यवसथापन, अधिकारको बाँडफाँडको कार्यान्वयनमा सहजीकरण, आवश्यक संयन्त्रहरुको निर्माणजस्ता आवश्यकीय कामहरु गर्नु हो । ६ महिनाको संघीय सरकारको कामकार्वाही हेर्दा संविधानद्धारा बाँडिएका शक्ति र अधिकारसमेत हस्तान्तरण गर्नेभन्दा शक्ति केन्द्रिकरण तिर लागेको देखिन्छ ।

प्रदेशले गर्नुपर्ने कामहरु

संघीयतालाई कामकाजी बनाउने र जनतालाई सेवा सुविधा डेलिभरी गर्ने हो भने प्रदेशले संविधानको कार्यान्वयनका सम्बन्धमा प्राथमिकताका निम्न कार्यहरु गर्नु आवश्यक छ ः

(क) प्रदेशको नामाङ्कन ः– ७ वटै प्रदेशको भूगोल र प्रमुख समुदायहरुको जनसंख्याको आंकलन गर्दा सबै प्रदेशमा बहुपहिचान झल्कने नाम उपयुक्त हुन्छ जस्तै ३ नं. प्रदेशको नाम नेवा—ताम्सालीङ । यसमा राजनैतिक दलको कोणबाट हेर्दा पूर्वमाओवादी एकल पहिचान कै हिमायती थियो । नेपाली काँग्रेस र पूर्वनेकपा (एमाले) बहुपहिचानका पक्षमा थिए । यो दृष्टिले पनि भूगोल र ऐतिहासिक सभ्यताका आधारमा बहुपहिचानको नामाङ्कन उचित हुनेछ ।

(ख) सरकारी कामकाजको भाषा ः ६ नं. प्रदेशबाहेक अरु सबै प्रदेशमा नेपालीभाषाको अतिरिक्त बहुसंख्यक जनताले बोल्ने दुइ भाषा सरकारी कामकाजको भाषा हुनेछ । यसलाई भारतको संविधानमा जस्तो धारा ७ मा अनुसूची थपेर संघीय सरकारको कामकाजी भाषाको बनाउनु सकिन्छ । यो कार्य गर्दा प्रदेशसभाले भाषा आयोगको कुनै सुझाव लिनुपर्ने देखिदैन ।

(ग) प्रदेशको राजधानी ः प्रदेशको राजधानी हचुवाको भरमा तोक्नुभन्दा निम्न क्राइटेरियाका आधारमा तोक्नु तर्कसंगत हुन सक्छः (१) प्रदेश सरकारले दिने सेवा र सुविधामा प्रदेशका सबै क्षेत्रका निवासीको सकेसम्म समान पहुँच, समान समय र समान दुरीजस्ता प्रशासनिक सुगमता भएको स्थान, (२) भौतिक पूर्वाधारको अवस्था र विकासको संभावना (३) संचार र यातायातको कनेक्टीभिटी (४) पूर्व–पश्चिम सडक र उत्तर–दक्षिण कोरिडोरको क्रसरोड, र (५)ं प्रदेशको विकास गर्ने र आर्थिक गतिविधिको केन्द्र बनाउने दीर्घकालीन सोच ।

(घ) विशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्माण ः धारा ५६ (५) मा संघीय कानुन बमोजिम सामाजिक सास्कृतिक वा आर्थिक र विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिन्छ भन्न्ने व्यवस्था छ । उक्त प्रयोजनका सरकारले कानून र आयोग गठन गर्नु पर्दछ । उक्त क्षेत्रहरुमा सम्बन्धित जातिको मातृभाषालाई सरकारी कामकाजको भाषा तोक्नु पर्दछ ।

संघले गर्नुपर्ने कामहरु

सरकारको गठन र संचालन गर्ने कार्यमा भएका अडचनहरु हटाउनु, संघीयतालाई कामकाजी बनाउनु र प्रबर्धन गर्नु तथा विभिन्न समुदायका असन्तुष्टिलाई सम्बोधन गर्नु निम्न बमोजिम संविधान संशोधन गर्नु आवश्यक छ ः

(क) सरकार गठनसम्बन्धी धाराहरु ः संविधानको धारा ८४ (८) अनुसार संघीय संसद, राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैमा गरी ३३ प्रतिशत महिला प्रतिनिधि हुनुपर्ने व्यवस्थाले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रीपरिषद गठन हुनुसकेन । अतः महिला निर्वाचन क्षेत्र तोकेर परिणाम आउने बनाइ यो संवैधानिक अड्चन हटाउनु पर्दछ ।

(ख) राष्ट्रियसभाको निर्वाचन ः राष्ट्रियसभाको निर्वाचनमा संविधानको धारा ८६ अनुसार प्रदेशसभा सदस्य गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल हुने व्यवस्था बाट निर्वाचन गर्ने व्यवस्था छ । यो व्यवस्था वास्तबमा विश्वव्यापी रुपमा रहेको संघीय व्यवस्थाका विपरीत छ । हालको निर्वाचक मण्डलबाट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख उपप्रमुखलाई हटाउनु पर्दछ ।

(ग) प्रदेशको सृजना वा सीमा परिवर्तन ः कुनै प्रदेशको सृजना, एकीकरण वा सीमा परिवर्तनसम्बन्धी विषयमा धारा २७४ (८) अनुसार बहुसंख्यक प्रदेशसभाले स्वीकृति वा अस्वीकृत गर्नसक्ने व्यवस्था गरेको छ । यो व्यवस्था सैद्धान्तिक र व्यवहारिक दृष्टिले उचित छैन । प्रदेशको सीमा परिवर्तनमा असम्बन्धित बहुसंख्यक प्रदेशको स्वीकृतिको व्यवस्था अनावश्यक हो । अतः सम्बन्धित प्रदेशले स्वीकृत वा अस्वीकृत गर्ने व्यवस्थामात्र राख्नु उपयुक्त हुन्छ ।

(घ) समानुपातिक समावेशी प्रतिनिधित्व ः यो संविधानको थुप्रै धाराहरुमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता गरिने व्यवस्था गरिएकोछ । समानुपातिक क्वोटामा खसआर्यलाई पनि समावेश गरिएको छ । यसको परिणाम खसआर्यको एकल बर्चस्वमा प्रदेशसभा र संघीयसंसद बनेकोछ । अतः यसलाइृ सुधार गर्नु उक्त धाराहरुमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिताको स्थानमा जातीय जनसंख्याको अनुपातमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्दछ ।

(ङ) संघीयताको प्रवद्र्धन ः पहिलो, नेपाल राज्यको परिभाषामा “बहुजातीय राज्य” छैन । समावेश गरिनु पर्दछ । साथै, धर्मनिरपेक्षताको परिभाषा गरेर घुमाउरो पारामा हिन्दूधर्मलाई नेपालको राजधर्म बनाएकोछ । अतः गणतन्त्र र लोकतन्त्रको साँचो स्पिरिट अनुरुप “धर्मनिरपेक्षता” को परिभाषा हटाउनु पर्दछ । दोस्रो, नेपाल राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तहको हुनेछ ” भनिएकोछ । यसले प्रदेशलाई कमजोर बनाउने काम भयो । अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपाल राज्यको मूल संरचना संघ र प्रदेश, दुइ तहको हुनु पर्दछ । प्रदेशमा नीति निर्माण गर्ने अधिकार राखी स्थानीय तहलाई कार्यान्वयन गर्ने एकाईको रुपमा विकास गर्दा नै संघीयता कामकाजी हुन्छ । संघको अधिकार कटौती गर्ने र प्रदेशलाई अधिकार सम्पन्न र स्वायत्त बनाउने अनि जिल्ला खारेज गर्नु जरुरी छ ।

संघीय सरकारको व्यवहारमा सुधार

संघीयताको विश्वव्यापी प्रचलन, मर्म र मान्यताबमोजिम संघीय सरकारले आफनो व्यवहारमा परिवर्तन र सुधार गर्नु आवश्यक छ । संघीयता मूलत लोकतन्त्र र गणतन्त्रको आदर्शमा मात्र काम गर्नसक्ने व्यवस्था हो । केन्द्रीय सरकारको काम हो संविधानअनुसार प्रदेश र स्थानीय तहको काम, कर्तव्य र अधिकारलाई क्रियान्वित गर्न सहजीकरण, अनुगमनकारी भूमिका खेल्ने र संविधानवादको प्रवद्र्धनका लागि संवैधानिक अडचनहरु हल गर्ने । अहिले जुन गतिमा सरकारको काम संघीयताको प्रबन्धन र प्रवर्धन गर्ने दिशामा जानु पथ्र्यो जनताले त्यो अनुभूति गर्न पाएको बुझिदैन । संघीयता गरिखानेलाई काम दिने व्यवस्था हो हातखुट्टा बाध्ने होइन । यसवेला प्रदेश सरकारको गुनारो गम्भिरतापूर्वक सुनौं । संविधान संशोधनलाई मधेसी र आदिवासी जनजातिको असन्तुष्टी हल गर्ने साधन बनाउ । पहिचान भेटिने द्घन्द्घ मेटिने बाटोहरु खोजौं । यो सरकारका निम्ति मुलुकलाई शान्ति र समृद्धितर्फ डो¥याउने एक किसिमको महत्वपूर्ण अबसर पनि हो ।

बुढानिलकण्ठ – ४, सिद्धार्थ कोलोनी, काठमाडौं ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution