हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

श्रीमान डेढ वर्षदेखि विदेशमा, श्रीमती चार महिनाको गर्भ हुर्किदै

२ असोज, सिन्धुपाल्चोक । श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो ।

यता श्रीमतीको पेटमा भने चार महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर श्रीमान आफ्ना जहान परिवारलाई सुःख दिनका लागि पैसा कमाउन मलेशिया गएका थिए ।

२ असोज, सिन्धुपाल्चोक । श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो ।

यता श्रीमतीको पेटमा भने चार महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर श्रीमान आफ्ना जहान परिवारलाई सुःख दिनका लागि पैसा कमाउन मलेशिया गएका थिए ।

जेठी छोरी अहिले कक्षामा ८ मा अध्ययन गर्दैछिन् । सानो छोरा दुई वर्षको भयो, उनको जीवन सुःख दुःख चल्दै थियो तर केही महिना एकाएक महिनावरी रोकिएपछि ३५ वषर्ीया उनी मर्छु भनेर हिँडिन् ।

घरका आफन्तले थाहा पाए, अनि उनलाई बचाएर ल्याए । वैशाखदेखि नै छिमेकी देवरसँग यौन सम्बन्ध हुदै आएको उनले बताइन् । जेठ १० गते महिनावरी रोकिएपछि मात्रै उनले आफू गर्भवती भएको थाहा पाइन् ।

भोटसीपाको घटना हो यो । नीता (नाम परिवर्तन) देवर नाता पर्ने युवकसँगको सम्बन्धका कारण समस्यामा परेकी छन् । युवक हाल फरार छन् ।  महिला न घरमा बस्न सक्ने अवस्था छ न माइतीमा । शक्ति समूहले सञ्चालन गरेको सुधार गृहमा बसिरहेकी उनी न्याय माग्न जिल्ला प्रहरी कार्यालय आएकी छन् ।

‘उसको र मेरो घर सँगै हो, एकोहोरो फकायो । पटक पटक सम्बन्ध राख्दै गयो, मेरो घरमा नै आएर सम्बन्ध राख्थ्यो । डर धम्की दिएर पनि सम्बन्ध राख्यो । अहिले मेरो वेहाल बनायो’ केही आफन्तसहित जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी उनी डीएसपी विमलराज कँडेलसँग आफ्नो वेदना सुना एको अनलाइनखबरमा छ |

महिलालाई श्रीमानले फोन गरेर आफ्नो घरमा नबस्ने धम्की दिइसकेका छन् । ‘उहाँले केही दिन अघि फोन गर्नुभएको थियो, म बोल्नै सकिन, अब मेरो घरमा बस्नुपर्दैन भन्नुभयो’ नीताले उनले भनिन् ।

छिमेकीले थाहा पाएपछि युवकको जिम्मा लगाउन खोजे पनि उनी फरार रहेकाले घटना प्रहरी कार्यालयसम्म आइपुगेको हो । पछिल्लो पटक भएको सम्बन्धको आधारमा प्रहरीले युवकविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution