हात्तीको आक्रमणबाट रेजिना वाईबा तामाङको मृत्यु

१ असोज, वीरगञ्ज।पर्साको ठोरी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट नुवाकोट घर भएकी २३ वर्षीया रेजिना वाईवाको मृत्यु भएको छ।
ठोरी गाउँपालिका वडा नम्बर ३ शिकारीबास पुल नजिकै हात्तीको आक्रमणबाट उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रमेश विष्टले जानकारी दिए ।तामाङ ठोरीको-१ विजयबस्तीस्थित खाजा घरमा १ वर्षदेखि काम गर्दै आईरहेकी थिइन् ।
गर्मी छल्नका लागि राति कोठाबाट बाहिर निस्किएको समयमा उनलाई हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
१ असोज २०७५