कुर्दिस्तान इराकमा तीज भव्यताको साथ सम्पन्न
सुमित्रा थिङ तामाङ, इराक – नेपाली महिला समाज कुर्दिस्तानद्वारा आयोजित १४ सेप्टेम्बरका दिन पहिलोपटक तीज कार्यक्रम सुलेमानिको AWARK PARK हलमा भब्यता साथ सम्पन्न गरेको छ |
हिन्दुनारीहरुको महान तीज बिशेश कार्यक्रममा प्रमुख प्रमुख अतिथि एनआरएनए इराकका पुर्बअध्यक्ष लालकाजी गुरुङ बिशेश अतिथि FWCDO को अध्यक्ष हम हजर लगायत अतिथिमा कुर्दिस्तान घेदुङको उपाध्यक्ष बिजय लामा तामाङ र कुर्दिस्तान प्रबासी समाजको अध्यक्ष राजिव थिङ थिए ।
कार्यक्रम संयोजक सरिता पाख्रिन तामाङले स्वागत मन्तव्य राखेकी थिईन् | बिशेश गरि नेपालमा सबै धर्म सम्मान हुने र हिन्दुहरुको मात्र नभई नेपालीहरुको बिशेश चाड तीजलाई सबैले मनाउन सकिन्छ भन्दै कार्यक्रमको प्रमुख अतिथि लालकाजी गुरुङले तीजको शुभकामना व्यक्त गरेका थिए |
बिशेश गरि हिन्दु नारीहरुलाइ लछित गर्दै प्रबासमा रहेको सम्पुर्ण नेपाली महिलाहरुलाई बिशेश मनोरञ्जन दिने हिसाबले Awark park हलमा सुलेमानीको सकरक हलमा बिहान १० बजे देखि शुरु भएको कार्यक्रम बेलुका ६ बजे सम्म भरपुर मनोरंजनको साथ सम्पन्न गरेका हुन् |