इजरायलमा तीज उत्सव -२०७५ भव्यताको साथ सम्पन्न (भिडियो)

तेलअविव – नेपाली नारीहरुको महान पर्व हरितालिका तीज तथा चौथा:पूजाको पावन अवसरमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजक र खेलकुद प्रेमी युवा समुह इजरायल लगायत सामाजिक, धार्मिक, साहित्यिक संघ संस्थाहरुको संयुक्त आयोजनामा गत शुक्रबार १४ सेप्टेम्बरमा हरितालिका तीज उत्सव -२०७५ भव्यताको साथ सम्पन्न भएको छ |
संस्थाका अध्यक्ष छिरिङ लामा शेर्पाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली दुतवास इजरायलका महामहिम राजदुत निरन्जन कुमार थापा साथमा वहांको धर्मपत्नी श्रीमती निर्मला थापा रहनु भएको थियो | बिशेष अतिथिहरुमा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश श्रेष्ठ, निबर्तमान अध्यक्ष तथा वर्तमान संरक्षक दिपक प्रसाद ओली , आइ सिसि सदस्य बिशाल ज्ञवाली, युनिसेफ मिसनका अफिसर राजेश कायस्थ रहेका थिए |यसैगरी अतिथिहरुमा १४ वटा आयोजक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सगै इजरायलमा स्थापित संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए |
कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै संस्थाका कार्यकारिणी सदस्य मुना अधिकारीले स्वागत मन्तव्य राखेकी थिईन् |
हेल्पिङ्ग ह्यान्ड्स इन इजरायलका अध्यक्ष सुमन कार्कीले तीजको शुभकामना स्वरुप कविता वाचन गरेका थिए |
खेलकुद युवा समूह इजरायलका संयोजक तथा पुर्ब राष्ट्रिय फुटबल खेलाडी सुन्दर नेपालले कार्यक्रमको उदेश्य सहित शुभकामना मन्तब्य राख्नु भएको थियो |
प्रमुख अतिथि महामहिम राजदुत निरन्जन कुमार थापाले शुभकामना व्यक्त गर्दै भन्नु भयो
नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु माण्डपी त्रिपाठी ,राम्जी खाँड र उमा श्रेष्ठले जोडदार प्रस्तुति दिनु भएर भरपुक मनोरन्जन दिलाएका थिए | साथै इजरायलवासी नेपाली कलाकारहरुको मनोरन्जनत्माककला नाचगान प्रस्तुति गरेका थिए |
नेपालबाट आमन्त्रित ३ जानै कलाकारहरु माण्डपी त्रिपाठी ,राम्जी खाँड र उमा श्रेष्ठलाई एनआरएनए इजरायलको तर्फबाट खाद लगाएर सम्मान पत्र सहित सम्मान गरेका थिए |
तीज कार्यक्रमको शुभकामना व्यक्त गर्नु हुदै सभापति छिरिंङ लामा शेर्पाले कार्यक्रम सभ्य र भव्यताको साथ सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद व्यक्त गरेको थिए |
कार्यक्रमबाट हुने मुनाफा धुर्मुस सुन्तली फाउन्टेशन द्वारा निर्माण गर्न लागिरहेको अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माणको लागि सहयोग गर्ने भएको छ |
कार्यक्रम संयोजकको भूमिका संस्थाका वरिष्ठ उपाध्यक्ष शान्त ज्ञवालीले गर्नु भएको थियो | कार्यक्रम संचालन महासचिव तेन्जिन शेर्पा र सचिव निर्मला गुरुङले संचालन गरेका थिए |
गायक रामजी खाँड नेपाल प्रस्थान
समाचार तयार पार्दै गरेको क्रममा कार्यक्रमको लागि इजरायल भएका गायक रामजी खाँड नेपाल यात्राको लागि प्रस्थान गरी सकेको जानकारी संस्थाका सचिव निर्मला गुरुङले जानकारी दिनु भएको छ |
कार्यक्रमको लागि स्पोन्सर सहयोगीहरुको नामवाली
१) खेलकूद प्रेमी युवा समूह इजरायलबाट -२०० लिटर दुध र सेलरोटी ५०० वटा।
२) राष्ट्रिय तामाङ घेदुंग इजरायलबाट अचारको लागि चाहिने सम्पूर्ण चिजबिजहरु र ५ कार्टुन पानी।
३)चितवन समाज इजरायलबाट २२ केजी फ्राई चना ।
४) नुतन भुसालबाट नगद ५०० सेकेल।
५) निलम गिरीबाट ३०० वटा पुरी ।
६) उमा गुरुङबाट सेल रोटी – ३०० वटा ।
७) सुमित्रा भण्डारीबाट २०० वटा पुरी।
८) दाना श्रेष्ठबाट ५० लिटर दूध र २०० वटा पुरी।
९) छिरिङ् लामा शेर्पाबाट दूध ५१ लिटर।
१०)शान्ता ज्ञवाली अधिकारीबाट दूध ५१ लिटर ।
११) बुद्ध संचार डटकमबाट दूध ५१ लिटर।
१२) सरिस्मा बराल दूध २१ लिटर।
१३) तेन्जिङ शेर्पाबाट खिरकोलागि चामल १५ केजी।
१४) रुपन्देही सेवा समाज इजरायलबाट पानी २० कार्टुन।
१५ ) गौरीमाया सुबेदी (ओम जनजागरण) बाट पानी २० कार्टुन।
१६) नबराज खड्काबाट पानी १२ कार्टुन।
१७) सुमन कार्कीबाट पानी १० कार्टुन।
१८) मुना अधिकारीबाट पानी १० कार्टुन।
१९)सृजनशील महिला समूहबाट पानी १० कार्टुन।
२०) झापाली समाज इजरायलबाट पानी १० कार्टुन ।
२१) नरेश श्रेष्ठबाट पानी ८ कार्टुन।
२२) लिला थापा मगरबाट पानी १० कार्टुन।
२३) पेमा डोल्मा ह्योल्मोबाट पानी ५ कार्टुन।
२४) नमस्ते नेपाल हातेमालो सामाजिक सस्था बाट १० कार्टन पानी
२५) नमस्ते नेपाल हातेमालो सामाजिक सस्था अध्यक्ष श्री सानु खतिवडा ज्यु २०१ सेकेल आर्थिक सहयोग
२६) भक्ति सापकोटा ज्यु बाट आर्थिक सहयोग ३०० सेकेल |
२७)तामाङअनलाइन डट कम ( बी बी लामा तामाङ) -१५० सेकेल |