हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

कोन्ज्योसोम गाउँपालिका छिट्टै बालमैत्री गाउँपालिका घोषणा हुने :अध्यक्ष तामाङ

राष्ट्रिय बाल दिबसमा आयोजित राष्ट्रिय बाल दिबस -२०७५ को ललितपुर जिल्ला,कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङतान तामाङद्रारा मैनबत्ती बालेर एक भब्य समारोहका बिच उदघाटन गर्नुहुदै कोन्ज्योसोम गाउँपालिका छिट्टै बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको बताउनु भयो ।

प्रमुख अतिथी एबम गाउँपालिकाका अध्यक्ष सिङतानले एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका पुर्ब उपाध्यक्ष बिजय बानियाँलाई सम्मान पत्र र बिद्यालयमा शिक्षण पूरा गरि बिधाई हुनुहुने शिक्षिकाहरु शर्मिला लोप्चन ,सरिता गोले,मुना तामाङ ,बालकुमारी सुबेदिलाई कदर पत्र प्रदान गर्नु भएको छ ।

बिद्यालयका विद्यार्थी सुनमाया तामाङले स्वागत गर्नु भएको कार्यक्रममा बिद्यालयका विद्यार्थीहरुको नृत्य त्यस्मा पनि चौरी चर्ने लेकैमा,गाई त चर्ने बेसिमा भन्ने तामाङ सेलोमा विद्यार्थीहरुले नृत्य गर्दा कार्यक्रमको रौनकता झन छाएको थियो । त्यस्तै गरि एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका पुर्बउपाध्यक्ष बिजय बानियाँले भौतिक रुपमा बिद्यालयले छालाङ मारेपनी शिक्षण पद्धतिमा अझ परिमार्जित गर्दै शिक्षाको गुणस्तरमा वृद्धि गर्न सके अझ राम्रो हुने सुझाब दिनु भयो ।

कार्यक्रममा सन्चारकर्मी श्याम तामाङ ,भारदेउ श्रोत केन्द्र श्रोत ब्यक्ती ढकबहादुर कार्की ,एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन ललितपुर सचिब लेखानाथ घिमिरे ,नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता महेश लामा,श्री गुप्तेश्वर आधारभुत बिद्यालयका प्र.अ.प्रेमबहादुर नेपाली ,नेपाली काङ्ग्रेस प्रतिनिधि जीवन लामा,राप्रपा नेपालका प्रतिनिधि मानबहादुर तामाङ लगायतले राष्ट्रिय बाल दिबस र विद्यालयको सवालमा जोड दिनु भएको थियो ।

कार्यक्रमको बिच बिचमा विद्यालयका विद्यार्थीहरुको नृत्य र विद्यालयका शिक्षिका एबम कार्यक्रम सन्चालिका हिरामाया घिसिङ तामाङको कबिता बाचनले कार्यक्रम माझ थप उत्साह थपेको थियो भने उत्साहजनक सहभागिता रहेको कार्यक्रम श्री गुप्तेश्वर आधारभुत विद्यालय ,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मोक्तानको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका वर्डा न.५ का वर्डाअध्यक्ष सुबिन्द्र बल तामाङ,भारदेउ गाबिस पुर्ब उपाध्यक्ष चन्द्रबहादुर योन्जन ,कोन्ज्योसोम ईप्रका हवल्दार सुबोध यादब ,नेपाल शिक्षक महासङ्घ ,जिल्ला सदस्य दयासागार घिमिरे लगायत स्थानिय बासिन्दा ,शिक्षक,शिक्षिका,विद्यार्थी ,अभिभावकहरुको सहभागिता रहेको थियो ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution