हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

प्रधानमन्त्री ओली अमेरिका उड्नुअघि आधा दर्जन मन्त्री हटाउँदै

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नेतृत्वको सरकारमा सहभागी आधा दर्जन मन्त्रीहरुलाई हटाउने अन्तिम निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार ओलीले यसअघि पनि ती मन्त्रीहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै सच्चिनको लागि चेतावनी दिएका थिए ।

तर, प्रधानमन्त्रीले सच्चिनको लागि अल्टिमेट दिँदापनि मन्त्रीहरुले खासै आफूलाई सुधार गर्न नसकेको गुनासो पार्टीभित्रैबाट सुरु भएपछि ओली बाध्य भएर उनीहरुलाई जिम्मेवारबाट मुक्त गराउने निश्कर्षमा पुगेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीले हटाउन तयार परेको मन्त्रीको ‘हिट लिष्ट’ मा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मातृका यादव, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संघीय मामिलामन्त्री लालबाबु पण्डित र अर्थमन्त्री डा. युवराज खतिवडाको नाम छ ।

अरु मन्त्रीहरु कार्यसम्पादनमा चुकेको र आर्थिक मामिलालगायत एकपछि अर्को विवादमा परेपनि अर्थमन्त्री खतिवडाप्रति प्रधानमन्त्रीको रुष्टता भने अलिक फरक छ । मन्त्री खतिवडाले मुलुकको आर्थिक संकटको व्यवस्थापन गर्न नसकेको ओलीको गुनासो छ । त्यतिमात्रै नभएर अर्थतन्त्र बुझेको व्यक्ति भएर ओली बजेट ल्याउँदा उनीमा निर्भर रहेको तर बजेट आउँदा जनतामा निराशामात्रै छाएकोले खतिवडासँग ओली रुष्ट छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका उड्नुअघि प्रधानमन्त्री ओलीले हटाउने तयारी गरेर ‘हिट लिष्ट’ बनाएका मन्त्रीहरुसँग एक्लाएक्लै भेटवार्ता गरेर समिक्षा गर्ने स्रोतको दाबी छ । नेकपा निकट उच्च स्रोतले भन्यो,‘अमेरिका जानुअघि प्रधानमन्त्रीज्यूले असन्तुष्ट रहेका सबै मन्त्रीहरुसँग छलफल गर्नुहुन्छ, सायद मन्त्रीहरु हटाउन पनि सक्नुहुन्छ ।’

यता, नेकपाभित्र अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै सहमति बनेर मन्त्रीहरु हेरफेर गर्न लागिएको रिपोर्ट्स क्लबमा      छ । अहिले नयाँ मन्त्रीहरु क–कसलाई पठाउने भन्नेबारेपनि दुई अध्यक्षबीच छलफल प्रारम्भिक रुपमा चल्न थालेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution