निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी प्रहरी प्रधान कार्यालयले छानविन गर्न एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ।
उक्त घटनाको अनुसन्धान गरेका कञ्चनपुरका तत्कालिन डिएसपी ज्ञानकुमार सेठी, मुद्दा शाखाका एकेन्द्र खड्का र केन्द्रीय अनुसन्धान व्यूरोका डिएसपी अंगुर जोशी लगायतको अनुसन्धान प्रक्रिया र गतिविधिबारे छानविन गर्ने भएको छ |
घटनाको विषयमा भएका अनुसन्धान र त्यसमा संलग्न अधिकारीहरुको गतिविधिबारे समितिले छानविन गर्ने प्रहरी प्रवक्ता शैलेस थापाले बताएको छ।