अमेरिका:आदिवासी चलचित्र महोत्सव तथा निफ्फ अवार्डलाई नेपाल सरकारको आर्थिक सहयोग

लाक्यान लामा तामाङ-नेपालका आदिवासी जनजातिहरुको भाषा, धर्म, कला-संस्कृति तथा रिति-रिवाजहरुको संरक्षण एवं सम्बर्दनका लागि बन्ने आदीवासी जनजाति संस्कृतिमा आधारित चलचित्रहरुको विकास र बजार प्रबर्दनका लागि सहयोग पुर्याउने र आदिवासी चलचित्रकर्मीहरुलाई सहयोग तथा प्रोत्शाहन गर्ने उदेश्य मुताविक नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले गत वर्ष २०१७ देखि “नेपाल आदिवासी चलचित्र महोत्सब” आयोजना गर्न सुरुवात गरेको थियो ।
महासंघले यस वर्ष पनि यहि सेप्टेम्बर १५ र १६, २०१८ का दिन न्यूयोर्क राज्य स्थित कुईन्स काउण्टीको गुल्शान टेरेस हलमा “नेपाल आदिवासी चलचित्र महोत्सब तथा निफ्फ अवार्ड २०१८” भब्य रुपमा आयोजना गर्न महासंघ, महासंघको सदस्य संस्थाहरु, च्याप्टर संस्थाहरु र महासंघसंग अत्यन्त नजिक रहेर सहकार्य गर्दै आईरहेका संघ/संस्थाहरु, एवं आदिवासी जनजाति अग्रजहरु लागी पर्दै महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हिजो पत्रकार सम्मेलन गरि जानकारी गराए ।
महासंघले प्रारम्भिक रुपमा चलचित्र छनौटका लागि आदिवासी चलचित्र महासंघ, नेपाल केन्द्रिय समितिको अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा अनिल बुढा मगर, भुपेन्द्र गुरुङ, अरुण प्रधान र श्रीजना सुब्बा सदस्य रहेको ५ (पॉच) सदस्यीय प्रारम्भिक छनौट समिति गठन गरेको थियो । नेपालको प्रारम्भिक छनौट समितिमा विभिन्न समुदायबाट दर्ता भएको ४६ (छयालिस्) पूर्ण तथा लघु (छोटो) चलचित्र एवं डकुमेन्ट्री मध्ये २४ (चौबीस) वटा छनौट भई अमेरिका आएको थियो । नेपालबाट छनौट भै आएका चलचित्रहरु मध्ये एउटै समुदायको २ (दुई) वा २ (दुई) भन्दा बढी चलचित्रहरु आएका मध्ये महासंघका सम्बन्धित जातिय सदस्य संस्थाहरुको चलचित्र संग सम्बन्धित व्यक्तिहरुको संलग्नतामा छनौट समिति मार्फत छनौट गरि महोत्सबको लागि ९ (नौ) वटा लामो चलचित्र, ३ (तीन) लघु (शर्ट) फिल्म र २ (दुई) डकुमेन्ट्री अन्तिम प्रदर्शनको लागि छनौट भएको छ ।
‘नेपाल आदिवासी चलचित्र महोत्सब तथा निफ्फ अवार्ड २०१८’ को अन्तिम चरणका लागि छनौट भएका चलचित्रहरुको निष्पक्ष र बिबाद रहित रुपमा छनौट गर्नको लागि न्यूजर्सी निवासी संचार तथा अधिकारकर्मी एवं कलाकार शैलेश श्रेष्ठको संयोजकत्वमा शम्भु मोक्तान, लिला राई, रोज मोक्तान र छेवाङ रिन्जिन गुरुङ सहितको ५ (पॉच) सदस्यीय निर्णायक समिति गठन गरेका छ भने महोत्सबमा सहभागी लघु (छोटो) चलचित्र र डकुमेन्ट्री छनौटको लागि संघिय परिषद, फिप्नाका सभामुख बिनोद पोमोको संयोजकत्वमा निमा पाख्रिन र सुश्री मच्छेदेबी गुरुङ सम्मिलित ३ (तिन) सदस्य निर्णायक मण्डल बनाई समितीहरुले जिमम्मेवारी निभाई रहेको छ ।
यस महोत्सब तथा अवार्ड कार्यक्रम लाई ईतिहासमा नै पहिलो पटक अमेरिकी भुमिमा भएको कार्यक्रमलाई नेपाल सरकारले सहयोग का साथै समर्थन स्वरुप महोत्सबका लागि अन्तिम् चरणमा पुगेका चलचित्रहरुका लागि बिभिन्न १० विधाको अवार्डहरुसंगै उत्कृष्ट चलचित्रका लागि नेपाली रु. १,२५,०००।- (एक लाख पच्चीस हजार रुपैयाँ) नगद पुरस्कार ब्यबस्था गरिएको छ साथ साथै सरकारको प्रतिनिधि समेत समारोहमा आउदै हुनुहुन्छ । त्यसैगरी लघु (छोटो) चलचित्रका लागि यो वर्ष ‘उत्कृष्ट लघु (छोटो) चलचित्र अवार्ड’ को साथमा नेपाली रु. ३१,०००।-(एकतिस् हजार रुपैयाँ) नगद पुरस्कार ब्यबस्था गरेका छ । त्यसैगरी यो वर्ष नेपालबाट डकुमेन्ट्री (वृत्त चित्र) पनि धेरै आएकाले स्वच्छ र सम्बन्धित प्रतिस्पर्धाका लागि ‘उत्कृस्ट डकुमेन्ट्री अवार्ड’ को साथमा नेपाली रु. ३१,०००।- (एकतिस् हजार रुपैयाँ) नगद पुरस्कार ब्यबस्था गरेको आयोजक ले जानकारी दिएको छ |
महोत्सबमा, अमेरिकामा क्रियाशील आदिवासी जनजातिहरुको जातिय तथा साँस्कृतिक संस्थाहरुले पहिचान झल्कने बृहत सांस्कृतिक कार्यक्रम समेत पस्कदै भएको छ । पहिलो दिन बेलुकी ८:३० बजेदेखि शुरु हुने त्यस सांस्कृतिक कार्यक्रम “आदिवासी साँस्कृतिक कार्यक्रम” को नामबाट पस्कने छन् । सदस्य संस्थाहरुले आ-आफ्नै जातिय पहिचान झल्किने साँस्कृतिक कार्यक्रम मध्ये आकर्षक र उत्कृष्ट प्रस्तुतीलाई $५००.०० डलर नगद पुरस्कार सहित पुरस्कृत गर्ने छन् ।
सांस्कृतिक कार्यक्रम तयारीका लागि घ्याल्सुम्दो सेवा संस्था ईङ्कको अध्यक्ष राप्के लामा संयोजक र युनाइटेड किरात राई अर्गानाईजेशन अफ अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष केशब राम राई र तामाङ सोसाईटी अफ न्युयोर्कका अध्यक्ष गोमा योञ्जन सदस्य रहेको साँस्कृतिक समिति मार्फत तयारी ब्यापक बनाईएको छ ।
त्यसैगरी, महोत्सबलाई भब्य रुपमा सफल पार्न प्रचार प्रसार समिति, व्यवस्थापन समिती, स्वागत तथा यातायात प्रबन्ध समिती, संयमसेवा समिती, स्टेज डेकोरेशन समिती टिकट विक्री तथा वितरण समिती, आर्थिक सहयोग संकलन समिती बनाएर जिम्मेवारी बाँडफाँड गरि जातिय संस्थाको अध्यक्ष लगायत कार्यसमितिलाई ज़िम्मेवारी दिईएको छ ।
यसरी समग्र रुपमा’ नेपाल आदिवासी चलचित्र महोत्सब तथा निफ्फ अवार्ड २०१८’ लाई भब्य रुपमा सम्पन्न गर्न अन्तिम तयारी भई सकेकोले यसलाई अझ बृहत रुपमा सफल पार्न पत्रकारहरुको बिशेष भूमिका रहने भएको महसुस गर्दै हिजो पत्रकार सम्मेलन मार्फत पत्रकारहरुलाई सहयोगको अपिस समेत गरिएको थियो ।
दुई दिन सम्म चल्ने यो कार्यक्रम पहिलो दिन सेप्टेम्बर १५ मा उद्घाटन सत्र र फ़िल्म स् अनि सॉझ “आदिवासी साँस्कृतिक कार्यक्रम” रहने छन भने अन्तिम दिन दिउसो फ़िल्म स्कीरि र सॉझ अवार्ड वितरण रहनेछ । अन्तमा डिजे समेत राखिएको छ ।
कार्यक्रमको संयोजक फिप्नाको वरिष्ठ उपाध्यक्ष राजकुमार विष्ट हुनुहुन्छ भने कार्यक्रम फिप्नाको अध्यक्ष मान रानामगर को सभापतित्वमा हुनेछन् ।
१२ सेप्टेम्बर २०१८