तमु समाज युएईको दोस्रो बैठक विभिन्न निर्णयको साथ सम्पन्न

मान सिङ तमु (मानु कोन्मे) युएई , तमु समाज युएईको नियमित दोस्रो बैठक फिस्टेल ट्राभल वर दुबईमा सम्पन्न भएको छ। तमु समाज युएईका अध्यक्ष श्रीमती उषा तमुस्योको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अथिति तमु समाज युएईका संरक्षक राजु तमु , विशेष अथितीमा दुबई क्षेत्रीय समितिका अध्यक्ष राजु तमु , आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द कुमार तमु रहेको थियो भने तमु समाज युएईका केन्द्रिय पदाधिकारीहरु, तमु समाज युएई दुबई क्षेत्रीय समितीका पदाधिकारीहरु,आबुधाबी क्षेत्रीय समितिका पदाधिकारीहरु ,युएईमा रहेका तमु बुद्धिजीवी,शुभचिन्तक तथा मानुभावहरुको उपस्थिति रहेको थियो।
उक्त बैठक तमु समाज युएईका महासचिव श्रीमती पबित्रा तमुस्योले संचालन गर्नु भएको थियो भने बैठकमा कार्य प्रस्ताव समाजका सचिब इन्द्र तमुले प्रस्तुत गर्नु भएको थियो।बैठकले तमु समाज युएई केन्द्रिय समिति,तमु समाज युएई दुबई क्षेत्रीय समिति,तमु समाज आबुधाबी क्षेत्रीय समिति तथा युएईमा छरिएर रहेका सम्पुर्ण तमुहरु लाई समावेस गरि २०१८ नोभेम्बर ०२ तारीख शुक्रबार आबुधाबीको अलऐनमा बनभोज कार्यक्रम गर्ने भएको छ।
उक्त बैठकले आउदै गरेको तमु फ्हो (मृग बर्ग) ल्होसारको अवसर पारेर तमु फ्हो ल्होसार कप आयोजना गर्ने भएको छ । तमु समाज युएई दुबई क्षेत्रीय समितिले २०१८ डिसेम्बर ०७ तारीख शुक्रबार फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको छ भने तमु समाज युएई आबुधाबी क्षेत्रीय समितिले २०१८ डिसेम्बर २१ तारीख शुक्रवार भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।सोही बैठकले आउदै गरेको तमुहरुको फ्हो ल्होसार कार्यक्रम २०१९ जनवरी ०४ तारिख शुक्रबार युएईको आबुधाबीमा भव्यता साथ मनाउने समेत निर्णय गरिएको छ।
उक्त फ्हो ल्होसार कार्यक्रम आयोजना गराउनको लागि नन्द कुमार तमुको संयोजकमा मुल आयोजक समिति गठन गरिएको छ।संयोजकमा – नन्द कुमार तमु,सह-संयोजकमा – नन्द जंग तमु,प्रायोजक प्रमुखमा – पबित्रा तमुस्यो,प्रचार प्रसार प्रमुखमा – मान सिङ तमु, सांस्कृतिक बिभाग प्रमुखमा – अमृत तमु रहेको छ भने व्यवस्थापन बिभाग प्रमुखमा- राजु तमु रहनु भएको छ । कार्यक्रम लाई अझ आकर्षक बनाउन भाग्यशाली चिट्ठा समेत राखिएको छ।
तमु समाज युएईले गोरखा घर भएका सुबि तमुस्यो लाई सहयोग स्वरुप ने.रु.३६,८००/- ( छत्तीस हजार आठ सय रुपैयाँ) सहयोग समेत गरेको छ।साथै यहि आउदो सेप्टेम्बर १३ तारिख २०१८ आबुधाबीमा तमु समाज युएई आबुधाबी क्षेत्रीय समितिले तीजको विशेष कार्यक्रम आयोजना गर्दैछ भने प्रवेश शुल्क पुरुषहरूको लागि ५०/- दिराम र महिलाहरूको लागी ३०/- दिराम प्रवेश शुल्क राखिएको छ।