हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

नागढुंगामा सुरुङ मार्ग , २० मिनेटमै नौबिसेबाट सीतापाइला

भदौ २६, २०७५ ,काठमाडौं – राजधानी भित्रिने प्रमुख नाका नागढुंगामा सवारी आवागमनको चाप घटाउन सुरुङ मार्ग निर्माण कार्य तत्काल अघि बढ्ने भएको छ ।

गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र सुरुङ मार्ग वरिपरिको जग्गाको मुआब्जा समेत निर्धारण भई काम अघि बढेको सडक विभागले जनाएको छ ।

यसअघि गत महिना बोलपत्र आह्वान गरिसकेको र आगामी एक महिनाभित्र ठेक्का सम्झौता हुने विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले बताए ।

उनले भने, ‘सुरुङ मार्ग निर्माणको मुआब्जा वितरण पनि शुरू भएको छ । निर्माण कार्यको टेन्डरको निकालेको ठीक एक महिना भयो । एक महिनाभित्र टेन्डर राख्छन् र तीन चार महिनाभित्र काम शुरू हुन्छ ।’

जापानी सहयोग नियोग (जाईका)को सहयोगमा निर्माण हुने सुरुङ मार्ग २ दशमलव ४५ किलोमिटर लम्बाइको हुनेछ ।

धादिङको नौबिसेनजिकै पर्ने सिस्ने खोलाबाट नागढुंगाभित्र फेदीमा अवस्थित बस्नेत छाप जोड्ने सुरुङ मार्ग निर्माण भएपछि काठमाडौं भित्रिन र काठमाडौंबाट बाहिरिन निकै सहज हुनेछ ।

सुरुङ मार्गलाई सिधै सीतापाइलासँग जोड्न लिंक रोड निर्माण हुनेछ । नागढुंगा सुरुङ मार्ग आयोजनाका लागि जाईकाले १७ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने सम्झौता भइसकेको छ ।

श्रेष्ठका अनुसार जापानले नेपाल सरकारलाई शुन्य दशमलव ०१ प्रतिशत ब्याजदरमा यो ऋण उपलब्ध गराएको हो । ४० वर्षभित्र तिरिसक्नु पर्ने यो ऋणको अवधि ३० वर्षको हुनेछ भने १० वर्ष ग्रेस अवधि थपिने छ ।

यो सडकका लागि नेपालमा निर्माण हुन लागेको पहिलो सुरुङ हो ।

यस्तो बन्नेछ सुरुङ मार्ग

सडक विभागका अनुसार सीतापाइलाबाट लिंक रोडसहित ६ किलोमिटरको यस खण्डमा सुरुङ भने धादिङको सिस्नेखोलादेखि नागढुंगाभित्र पर्ने बस्नेत छापसम्म मात्र हुनेछ ।

सुरुङको लम्बाइ कुल २ दशमलव ४५ किलोमिटर हुनेछ । सीतापाइला-नौबिसे सडकखण्ड पनि अहिलेको भन्दा ८ किमी छोटिनेछ ।

यस खण्डमा दुईवटा पुल र २ वटा कल्भर्ट निर्माण हुनेछन् । १२ मिटर चौडाइको यो सडकमा दुवैतिर १ र १ मिटरको फूटपाथ राखिने छ । सुरुङमा १४ वटा भेन्टिलेटर र जेट फ्यान जडान हुनेछन् ।

सरकारले सुरुङ मार्गलाई अत्याधुनिक सुविधासहित निर्माण गर्ने योजना बनाएको छ ।

यसमा दुई लेनको सडकसहित पेट्राल पम्प, सर्भिस सेन्टर लगायतका सुविधाहरू पनि राख्ने अवधारणा छ ।

सुरुङ मार्ग टू प्लस वान लेन मापदण्डको हुन्छ । टू प्लस वान लेन सडक खण्डमा दुबै साइडका सडक बेलाबेलामा २ लेनमा परिणत हुने र कुनैबेला वान लेनमा खुम्चने हुन्छ ।

एकपट्टिको सडक २ लेन हुँदा अर्कोपट्टिको सडक १ लेनमा परिणत हुन्छ , लोकन्तरमा छ |

सुरुङ मार्ग निर्माणपछि २० मिनेटमै नौबिसेबाट काठमाडौं आइपुगिने विभागले जनाएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution