इजरायलबाट मृगौला पिडितलाई आर्थिक सह्योग प्रदान
याम्बु-नेपाल तामाङ घेदुङ,इजरायलकी बरिस्ठ उपाध्यक्ष सिता घिसीङ तामाङको सक्रियतामा मकवानपुर जिल्ला बाग्मती गाउपलिका वडा नम्बर ८ ठोटारी बस्ने अमिन सिङतान तामाङ (२१ बर्ष)कलिलो उमेरमै दुवै मृगौला फेल भएकोमा उपचारको लागि संस्थाका पदाधिकारी साथै इजरायलवासी सहयोगी मनका धनिहरुबाट संकलन भएको रकम नेरु ७५४००/- नेपाल तामाङ घेदुङ संघिय अध्यक्ष मोहन गोले तामाङ मार्फत बिरामीलाई हस्तान्तरण गरिएको छ ।
आर्थिक रकममा नेपालबाट होम बहादुर घिसिङको तर्फबाट नेरु १५५०/- र नेपाल तामाङ घेदुङ बिपत ब्यबस्थापन कोषबाट नेरु २०००/- थप सहयोग प्रदान गरेका थिए |
यस कार्यक्रमलाई भौत्तिक रुपमा साथ सहयोग पुर्याउनु भैइ आफ्नो अमुल्य समय प्रदान गरि सफल बनाइ दिनु हुने नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तामाङ , उपाध्यक्ष कुमार घिसिङ तामाङ ,प्रतीक ब्लोन लगायत इजरायलवासी सम्पुर्ण मनका धनीहरुलाई नेपाल तामाङ घेदुङ इजरायल परिवारको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरेको छ |
२४ भदौ २०७५