इजरायलमा १५ सेप्टेम्बरको दिन तीज बिशेष कार्यक्रम हुदै

तेलअविव- प्रवासी भुमि इजरायलमा कार्यरत महिला दिदीबहिनीहरुको लागि खुशीको खबर आउँदो १५ सेप्टेम्बर २०१८ (शनिबार) सत्य साई सेन्टर इजरायल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर (अनेसास) अन्तर्राष्ट्रिय नेपाली नारी आवाज र लुम्विनी कपिलवस्तु दिवस अभियानको संयुक्त आयोजनामा हरितालिका तीज विशेष २०७५ भव्यताको साथ मनाउने भएको छ |
शनिबार दिउसो १ एक बजे तखाना मर्कजीतमा रहेको एभरेस्ट डिस्को हलमा तीज विशेष गीत गाउने, नाचगान तथा सास्कृँति कार्यक्रम सहित दर खुवाउने कार्यक्रम रहेको सत्य साई सेन्टर इजरायलकी अध्यक्ष नेहा गुरुङले तामाङअनलाइनलाई जानकारी दिएकी छिन् |
इजरायलमा रहनु भएका नेपाली साहित्यकार दिदीबहिनी , बुद्धिजीवी, समाजसेवी, संघ संस्था,मिडियीकर्मीहरु सम्पूर्ण नेपाली महानुभाव हरुलाई उपस्थितिको लागि आयोजक द्वारा हार्दिक निमन्त्रणा गरेको छ |
थप जानकारीको लागि सम्पर्क
नेहा गुरूगं ०५४९८७१९११ सत्य साई सेन्टर इजरायल
निशा अर्याल ०५०२९८३७३० अनेसास च्याप्टर इजरायल
मिरा वान्तवा राई – लुम्विनी कपिलवस्तु दिवस अभियान
अन्तर्राष्ट्रिय नारी आवाज इजरायल