हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

तामाङ बौद्ध सेवा समितिको अध्यक्षमा बुद्धिबहादुर रुम्बा तामाङ निर्वाचित

हुम तमु , पोखरा, २४  भदौ | पोखरा १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिको शनिवार सम्पन्न १० औं अधिवेशनले बुद्धिबहादुर रुम्बा तामाङको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ।


आगामी तीन वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा बिष्णु योञ्जन तामाङ , सचिवमा बृजेश थिङ तामाङ , सहसचिवमा पवित्रा थोकर तामाङ , कोषाध्यक्षमा बुद्धिमाया नेगी तामाङ र सहकोषाध्यक्षमा अमर घरा चयन हुनुभएको छ।

यसरी नै सदस्यहरुमा शेरजंग वाइबा तामाङ , दलसिंह पाख्रिन तामाङ , गंगाबहादुर गोम्जा तामाङ , डम्बरबहादुर स्याङबो तामाङ , बिन्दु मोक्तान तामाङ , मनसुवा स्याङ्बो तामाङ , बिले वाइबा तामाङ , बेलमाया लोप्चन तामाङ  र कमल नेगी तामाङ रहनुभएको छ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक कृष्णबहादुर तितुङ तामाङले पद तथा गोपनीयताको सपथ ग्रहण, प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय अध्यक्ष धनप्रसाद डुम्जन तामाङले खादा लगाएर बधाई र कास्की आवाजका सम्पादक तथा तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर तमुले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

नवनिर्वाचित अध्यक्ष बुद्धिबहादुर रुम्बा तामाङले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुहुदै अग्रजको सल्लाहसुझावलाई आत्मसाथ गर्दै तामाङ समुदाय र संस्थाको हक हितका लागि क्रियाशील भईरहने बताउनुभयो। यसै विच उहाँले तमुवान—मगराँत संघर्ष समितिद्धारा भदौ २९ गते पोखरामा आयोजित कर बृद्धि विरुद्धको प्रदर्शनमा तामाङहरुको ब्यानरसहित बृहत सहभागिता गरिने बताउनुभयो।

आगामी नेतृत्व चयनका लागि नेपाल तामाङ घेदुङका अध्यक्ष कृष्णबहादुर तितुङ तामाङको संयोजकत्वमा टेकबहादुर स्याङ्बो तामाङ , योसरी सम्देन तामाङ , मानबहादुर स्याङ्देन तामाङ र लघुराम तामाङ रहेको निर्वाचन मण्डल गठन गरिएको थियो।

यस अघि अधिवेशनको दीप प्रज्वलन गरी गद्घाटन गर्नुहुदै प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय अध्यक्ष धनप्रसाद डुम्जनले तामाङ एकता, मौलिकता, पहिचान र अधिकारका लागि तामाङ नै सचेत हुनुपर्नेमा बताउनुभएको थियो । तामाङ लगायत आदिवासी जनजातिहरुलाई आजसम्म पिछलग्गु बनाउदै आए अब अरुको दासत्व होइन स्वाभिमानका साथ नेतृत्व हाँक्नुपर्नेमा जोड दिनुभयो।
तामाङ बौद्ध सेवा समितिका अध्यक्ष केशबहादुर थिङको अध्यक्षता, उपाधयक्ष बुद्धिबहादुर रुम्बाको स्वागत र सचिव विष्णु योञ्जनको संचालनमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर योञ्जन, प्रदेश अध्यक्ष दीपक वाइबा, जिल्ला अध्यक्ष कृष्णबहादुर तितुङ, पुर्व केन्द्रीय सल्लाहकार प्रताप वाइबा, ज्याक तामाङ, रामबहादुर लोप्चन, लघुराम तामाङ, योसरी सम्देन, मानबहादुर स्याङदेन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने मनसुवा स्याङबोले कविता वाचन गर्नुभएको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution