तामाङ समाज अमेरिकाको केन्द्रीय कार्यलय न्युयोर्कमा समुद्घाटन

-विनिता तामाङ
अमेरिका ,९ सेप्टेम्बर २०१८ | तामाङ समाज अमेरिकाको केन्द्रीय कार्यलय नेपाली महाबाणिज्यदुतवास न्युयोर्कका कार्यवाहक महाबनिज्यदुत पुष्पराज भट्टराईद्वारा समुद्घाटन गरियो । एक दर्जन भन्दा बढी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको माझ नेपाली डायस्पोराका सामुदायिक गतिबिधिलाई पुन:परिभाषित गर्ने उद्देश्य सहित तामाङ समाज अमेरिकाको कार्यलय प्रमुख अतिथि कार्यवाहक महाबनिज्यदुत पुष्पराज भट्टराईद्वारा उद्घाटन गरिएको थियो ।
प्रारम्भमा लामा गुरुबाट शुभ साहितको पुजाअर्चना गरेर औपचारिक कार्यक्रम तामाङ समाज अमेरिकाका अध्यक्ष सानु माया तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि कार्यवाहक महाबानिज्यदुत पुष्पराज भट्टराईले नेपाली डायस्पोराका संघसंस्थाहरुले परम्परागत शैली भन्दा फरक ढंगले आफ्नो गतिबिधिहरु संचालन गर्नु पर्ने र प्रवासमा नेपालीहरुको एकता प्रदर्शन गर्न सकेमा सम्पूर्ण नेपालीहरुको निम्ति भलाई हुने भनाई राख्नु भएको थियो । कुनै काल खण्डमा कुनै व्यक्ति वा शासकले गरेको त्रुटीलाई मुद्धा बनाएर वर्तमानमा त्यसको क्षतिपुर्ति खोज्नु भन्दा के कसरी समाजलाई अग्रगामी बनाउन सकिन्छ त्यसबारेमा डायस्पोराका आदिवासी जनजाति संघ संस्थाहरु लागी परेमा हाम्रो समाज द्रुत गतिमा समृद्ध बन्न सक्ने धारणा भट्टराईले राख्नु भयो ।
तामाङ समाज अमेरिका भर्खरै स्थापना भए तापनि यो संस्थाले नेपाली डायस्पोराका संघसंस्थासँग हातेमालो गर्दै सामुदायिक गतिबिधिलाई पुन:परिभाषित गर्ने नेतृत्वदायी भूमिका निर्बाह गर्ने तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले प्रतिवद्दता जनाउनु भयो । नयाँ शैली र नयाँ आयामबाट तामाङ समाज अमेरिकाले नेपाली डायस्पोरामा आफ्नो नेतृत्व स्थापित गर्ने र स्थानीय मुलधारको राजनीतिमा समाबेश गर्न हाम्रो दोश्रो पुस्तालाई सक्रिय गराउने भूमिकामा तामाङ समाज अमेरिका रहने उहाँले बताउनु भयो ।
सो कार्यक्रममा गैर-आवासीय नेपाली संघ अमेरिकाका महासचिव बाबुराम लामा, नेपाली जनसम्पर्क समिति विश्व संजालका सभापति विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकर, संगठन विभाग प्रमुख वेद खरेल, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष छेपक गुरुङ, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, तमु परिवार न्युयोर्कका अध्यक्ष डम्मरजंग गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ, निवर्तमान वरिष्ठ उपाध्यक्ष मणि वाङडेल राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत लामा, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङछिरिंग शेर्पा, प्रेम एण्ड पुनम फाउन्डेशनका अध्यक्ष प्रेम थोकर, गैर-आवासीय नेपाली संघ अमेरिकाका सह-कोषाध्यक्ष पवन योन्जन लगायतले शुभकामान मन्तब्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली महाबाणिज्यदुतवास न्युयोर्कका कन्सुल क्रिशु क्षेत्री, तामाङ सोसाइटी अफ अमेरिकाका निवर्तमान अध्यक्ष शान्त थोकर, गैर आवासीय नेपाली संघ अमेरिकाका बोर्ड अफ डिरेक्टर आङनिमा गेल्जे शेर्पा, पर्यटन प्रवर्द्दन समितिका संयोजक जाङबु शेर्पा गोले, न्युयोर्क समाचार अनलाईन् न्युजका गोकुल श्रेष्ठ, खसोखास साप्ताहिकका सम्पादक अनिल अधिकारी, गैर आवासीय नेपाली संघ, अमेरिका न्युयोर्क शाखाका अध्यक्ष रामहरि अधिकारी र नेपाल बिधार्थी संघका अध्यक्ष प्रभात सापकोटाको उपस्थिति रहेको थियो ।
कार्यक्रम तामाङ समाज अमेरिकाका सचिव विनिता तामाङले कुशलतापुर्वक संचालन गर्नुभएको थियो ।