३९ औं शिक्षा दिवस तथा अन्तराष्टिय साक्षात्कार दिवस कार्यक्रम सम्पन्न

भाद्र २३ गते , चितवन – राजेश रुम्ब लामा | पुर्वी चितवन राप्ती नगर पालिकाको आयोजनामा बृहत कार्यक्रम सहित ३९ औ शिक्षा दिवस तथा अन्तराष्टिय साक्षरता दिवस मनाएको छ । भुमि सुधार तथा कृषि मन्त्रि दावा दोर्जे लामाको प्रमुख अतिथ्यतामा कार्यक्रम भण्डारा बजार स्थित भण्डारा माविमा सम्पन्न भएको हो ।
नगरमा रहेको विभिन्न बिधालय बाट बिधार्थीहरु झाँकी सहित र विधालयका प्राध्यापक,शिक्षक,शिक्षिका लगाएत नगरपालिकाका धेरै जसो जन्प्रदिनिधि सह भागि रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति लामाले अब ब्यबहारिक शिक्षाको आवस्यकता रहेको औलाउदै नेपालको परिवेशमा कृषिबाट पनि सिक्षा हाँसिल गर्ने बताउनु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथी तथा नगरका उप प्रमुख इमान सिंह मोक्तान तामाङ्ग्ले स्वागत मन्तब्य राखेका थिए । स्वागत मन्तब्य राख्ने क्रममा तामाङ्गले शिक्षा लिन सके असम्भब भन्ने कुरा केहि नरहेकोले हरेक बाधा ब्यबधानलाई चिर्दै शिक्षा आर्जन गर्न र गराउन सबैलाई अनुरोध गर्न भएको थियो ।
कार्यक्रम्का सभापति तथा नगर प्रमुख प्रभा बरालले नगरको शैक्षिक कार्यपत्र (प्रतिबेदन) प्रस्तुत गरेक थिए भने, त्यसै गरि अर्का अथिति राप्ती नगरपालिका प्याब्सनका अध्यक्ष राम कृष्ण पन्तले राप्ति नगर पालिकाले शिक्षामा देखाएको तादुरुक्ता र नगर प्रमुखले प्रस्तुत गरेका प्रतिबेदन सराहनीय रहेको र प्याब्सन बाट गर्न सक्ने सहयोग सदैब गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा यस्पाली एस ई ई मा ए प्लस ल्याउन सफल बिद्यार्थीहरुलाई सम्मान साथै शिक्षक शिक्षिका हरुलाई समेत सम्मान गरेका थिए । कार्यक्रम राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालको सभापतित्वमा सम्पन्न भएको हो भने होम कान्त अधिकारिले सन्चालन गरेका थिए |