हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एसएसपीले हप्काएर फिर्ता पठाएको गलत समाचार प्रति नविना लामाको आपत्ति

२३ भदौ २०७५ , काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृ तथा सांसद नबिना लामाले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले आफूलाई अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर फिर्ता पठाएको समाचार प्रचार गरेको बताएकी छिन् । उनले एक विज्ञप्ति निकाल्दै केही संचार माध्यमले कपोकल्पित मनगडन्ते र भ्रामक समाचारहरू सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले भनेकी छिन्,‘समाचारमा आएको जस्तो प्रहरी प्रमुखले हप्काएको भन्ने विषय कपोकल्पित र भ्रामक हो । यस सन्दर्भमा एसएसपी धिरज सिंहसँग पनि सत्य तथ्य बुझ्न सकिन्छ ।’

पक्राउ परेका गुन्डा सत्यमान लामालाई छुटाउन माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेका लामालाई छुटाउन जाँदा एसएसपी सिंहले हप्काएको समाचार आएको थियो ।

आफूलार्इ कुनै पनि प्रकारका अपराधमा संलग्न अपराधीहरूको संरक्षण गर्दै नेता हुनु पर्ने कुनै जरुरत नरहेको समेत विज्ञप्तिमा बताइकी छिन् । लामाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नाम जोडेर समाचार लेखिएकोमा आपत्ति समेत प्रकट गरेकी छिन् ।

यस्ताे छ नविना लामाको विज्ञप्ति

आदरणीय जनसमुदाय,

आजभोली केही मिडिया नेकपा,सरकार र मेरो ब्यक्तिगत राजनीतिक चरित्र हत्या गर्ने ढंग बाट अगाडि बढेको देख्दा अचम्म लागिरहेको छ। मेरा जीवन संघर्ष र राजनीतिक यात्रा एउटा खुल्ला किताबका पन्ना जस्तै छर्लङ्ग छ । हामी राजनीतिकर्मीहरु समाज निर्माणको महान यात्रामा छौ। यदाकदा बाधा व्यवधान हुनु स्वभाबिकै हो तर सम्माननिय प्रधानमन्त्री ज्यु संगको समेत नाम जोडेर केही संचार माध्यमले कपोकल्पित मनगडन्ते र भ्रामक समाचारहरु सम्प्रेषण भएको प्रति मेरो गम्भीर अापत्ती रहेको छ।हामी कुनै पनि प्रकारका अपराधमा संलग्न अपराधी हरु को संरक्षण गर्दै नेता हुनु पर्ने कुनै जरुरत छैन।

हामी निरन्तर को बलिदानी पुर्ण संघर्ष को मैदान बाट हुर्कदै आएको राजनीति कर्मी हौं।जुन नियबस मेरो चरीत्र माथी बारम्बार प्रश्न उठ्ने हिसाबले समाचार संप्रेसन भएको देखिरहेको छु त्यो सबै नितान्त पुर्वाग्रह पुर्ण देखिन्छ ।समाचारमा अाएको बिषय माथि म केही प्रष्ट पार्न चाहन्छु।सत्य लामा काभ्रेको तिमाल क्षेत्रको नेकपा समर्थक कार्यकर्ता हो र मुद्दा लगाउने भाइ पनि नेकपा समर्थक कर्याकर्ता र मेरो अाफन्त पनि भएको हुदा एक आपसमा मिलेर अाउदा के हुन्छ भनी सम्बन्धित फाटका प्रहरी प्रमुखलाई सोध्दा यो त राम्रो कुरा हो उहाँहरू दुबै मिलेर अाउने कुरा सकारात्मक हुन्छ भन्ने जवाफ दिनुभएको हो।

समाचारमा अाएको जस्तो प्रहरी प्रमुखले हप्काएको भन्ने बिषय कपोकल्पित र भ्रामक हो।यश सन्दर्भमा एस पी धिरज सिंहसँग पनि सत्य तथ्य बुझ्न सकिन्छ।कुनै ब्यक्तीलाई छुट्याउनु भन्दा पनि सामान्य आपसी भनाभनको घटना भएको र दुबै चिनजानका सम्बन्ध रहेकोले उहाँहरूकै अाग्रहमा मध्यस्थता सम्म गरेको हु । जसरी समाचार सम्प्रेषण भएको छ घटना बिल्कुल फरक भएको जानकारी गराउदै यस्ता भ्रामक समाचार सम्प्रेषण प्रती घोर भ्रत्सना सहित खेद प्रकट गर्न चहान्छु ।

हार्दिक धन्यवाद सहित !!

नबिना लामा अध्यक्ष,अनेरास्ववियु एवम् संघीय संसद सदस्य

******************

यस्तो थियो समाचार INFO4NEPAL मा |

गुण्डा छुटाउन पुगेकी सांसद नबिनालाई एसएसपीले हप्काए (पुरा विवरण )

काठमाडौं-गुण्डा छुटाउन प्रहरी कार्यालय पुगेकी माननीय नबिना लामालाई अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर फिर्ता पठाएका छन् ।

काभ्रेबाट सांसद बनेका नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नबिना लामासहितको टोलीले गुण्डा छुटाउन दबाब दिएपछि अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सिंहले हप्काएर फिर्ता पठाएका हुन् ।

समानुपातीक कोटाबाट सांसद बनेकी लामासहित काभ्रे क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद गंगाबहादुर लामा ‘वनध्बज’ तथा काभ्रे क्षेत्र नं १ ‘क’ प्रदेशसभा सांसद रत्न ढकाल सहितको टोली काभ्रेली समूहमा क्रियाशिल ‘गुण्डा’ का रुपमा चिनिएका सत्यमान लामालाई छुटाउन माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेका थिए ।

गुण्डा लामाले थमेलमा एक व्यापारीलाई ज्यानमार्ने धम्की दिएको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

मंगलबार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीलाई दबाब दिन बिहीबार दिउँसो साढे १२ बजे सांसद लामा नेतृत्वको टोली महाशाखा पुगेपछि एसएसपी सिंहले अपराध

नियन्त्रणका लागि प्रहरी सक्रिय रुपमा लागेको भन्दै आपराधिक क्रियाकलापमा सहभागि हुनेलाई उन्मुक्ति दिने गरी दबाब नदिन आग्रह गर्दै सांसदहरुको टोलीलाई हप्काएर फिर्ता पठाएका थिए ।

एसएसपी सिंहले पक्राउ परेका सत्यमानका विषयमा अनुसन्धान भइरहेको र उनी दोषी ठहरिए कानून बमोजिम कारबाही गर्ने पनि महाशाखा पुगेका सांसदहरुको टोलीलाई जवाफ दिएका थिए । उनले ज्यानमार्ने धम्कीको आरोपमा पक्राउ परेका उनलाई छोड्न अदालतको आदेश ल्याएर देखाउन पनि चुनौती दिएका छन् ।

अनेरास्वबियुकी पुर्व अध्यक्षसमेत रहेकी नेकपाकी नेत्रीले लामाले आफु प्रधानमन्त्री नजिकको भएकोले घटनाको बिवरण प्रधानमन्त्रीलाई समेत जानकारी गराएको र उनलाई छुटान प्रधानमन्त्रीले आफुलाई पठाएको भन्दै लामालाई छोडनुपर्ने निर्देशात्मक दवाब दिएकी थिईन ।

तर एसएसपी सिंहले आफू कानून रक्षाका लागि खटिएको सिपाही रहेको भन्दै कसैको भनसुनका आधारमा अपराधीलाई छोड्न नसक्ने बताएको सिंहको भनाई उदृत गर्दै स्रोतले नेपालसमयलाई जानकारी दियो ।

ठमेलमा गुण्डागर्दी गदै आएका सत्यमान आपराधिक क्रियाकलापमा संलग्न काभ्रेली समुहका सहयोगी हुन । उनलाई अपराध अनुसन्धानको टोलीले मंगलबार ठमेलबाट पक्राउ गरेको थियो ।

ठमेलमा ब्याबसाय गदै आएका काभ्रे तिमाल-६ का मानबहादुर तामाङलाई ज्यान मार्ने धम्की दिएको आवाजसहितको उजुरीको आधारमा अपराध अनुसन्धानको टोलीले ठमेलबाट पक्राउ गरेको थियो ।

उनलाई सार्वजनीक अपराध ऐन अर्न्तगत मुद्धा चलाईएको छ । काभ्रे तिमाल-६ का सत्यमानलाई एकमहिना पहिले महानगरीय प्रहरी परीसर काठमाडौले पक्राउ गरेको थियो ।

उनै सांसद नविना लामाको दवाबमा तत्कालीन प्रहरी प्रमुख विश्ब पोखरेलले मुद्धासमेत दर्ता नगरी उनकै जिम्मा लगाएर पठाएका थिए । 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution