हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

मन्त्रिमण्डलमा तत्काल हेरफेर हुदैन,हल्लाको पछि नलागौ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन्। 

जिल्ला समन्वय समिति महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरू हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भने, ‘केही हुनेवाला छैन। राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन्।’ 

कार्यक्रममा सहभागी अर्थमन्त्री युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गरे। 

आफ्नो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले आफ्नोविरुद्ध पनि हमला गरिरहेको भन्दै उनले भने, ‘सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ। छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौं। कतिपयलाई यो मन परिरहेको छैन।’ 

प्रधानमन्त्री ओलीले थपे, ‘छ महिनापछि धूलो र हिलोरहित काठमाडौं हुन्छ। बाटो, ढल बन्छ। हामी इमान्दारिताका साथ काम गर्छौं। पानी ल्याउन पाइप हाल्न खन्नैपर्यो। बनाउने क्रममा यस्तो हुन्छ । दुई वर्षभित्र काठमाडौंका बाटा पक्की हुन्छ। कालोपत्र सकिन्छ। यसमा कोही आत्तिएर केही हुँदैन, सरकार ढल्दैन।’ 

चीनसँगको पछिल्लो पारवहन सहमति उल्लेखनीय भएको जनाउँदै उनले अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्वेक्षण सुरू हुने बताए। उनले सङ्घीय गणतन्त्रको सफलता र असफलता स्थानीय तहको प्रभावकारितासँग जोडिएकाले गतिशील, सेवामुखी, पारदर्शी र स्वच्छ तथा जनताका साथमा रहेका जनप्रतिनिधिका रूपमा काम गर्न जिससका प्रतिनिधिलाई आग्रह गरे। 

मुलुकी फौजदारी देवानी कार्यविधि संहिता एक वर्षअघि संसद्बाट पारित भइ हाल कार्यान्वयनमा आएकाले कुनै संशोधन गर्नुपर्ने भएमा सरकार तयार रहेको बताउँदै उनले त्यसका नाममा सडकमा प्रदर्शन नगर्न आग्रह गरे। 

महासङ्घका प्रतिनिधिले आफूहरूलाई स्रोत र साधन दिएर अनुगमन र समन्वयको प्रभावकारी भूमिका राख्न आग्रह गरेका थिए।

रासस

२३ भदौ  २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution