हराएको हेलिकोप्टर धादिङमा दुर्घटना भएको सूचना, खोजी तीव्र

काठमाडौं- अल्टिच्युड एअरको हेलिकोप्टर धादिङमा दुर्घटना भएको सूचना पाएपछि खोजीकार्य तीव्र पारिएको छ।
सम्पर्कविहीन भएको हेलिकोप्टरका एक यात्रुले हल्टिच्युड एअरका सञ्चालक सीताराम सापकोटालाई सम्पर्क गरेर आफू सकुशल रहेको जानकारी दिएका छन्। सापकोटाले एङ्क यात्रु आफंनो सम्पर्कमा आएको बताए।
‘म जंगलको बीचमा अलपत्र छु, मलाई ठाउँ थाहा छैन, उद्दार गर्न आउनू’, ती यात्रुले आफूलाई भनेको एअरका सञ्चालक सापकोटाले जानकारी दिए। उनले फोन गर्ने यात्रु को हुन् भन्ने आफूलाई थाहा नभएको बताए। पछि फोन गर्ने यात्रु पनि सम्पर्कविहीन छन्।
उत्तरी गोरखाको साानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको हेलकोप्टर बिहानदेखि सम्पर्कविहीन थियो। जसमा एक जापानी नागरिक पनि थिए।
लोकेसन म्यापका अनुसार धादिङको रि र सत्यदेवी भन्ने स्थानमा फोर्स ल्यान्ड गरेको देखिएको एयरलाइन्सका एक प्रतिनिधिले बताएका छन्। सोही ठाउँलाई केन्द्रित गरी हाल दुई हेलिकोप्टर उद्धारमा गइसकेका छन् भने गोरखाबाट प्रहरी टोली पनि खटिइसकेको छ।
उडेको हेलिकोप्टर बिहान ८ बजेर १८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो।
हेलिकोप्टरमा सवार यात्रु र पाइलटको नाम
हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068
दिल्लीबहादुरगुरुङ (४०वर्ष, रामेछाप)
हिराशेर्पा (वर्ष३५, दोलखा
ल्होआनिडोल्पाडिकि (गोरखा, चुमनुब्री२)
छोवाङनुर्बु (गोखरा, चुमनुब्री१)
सुनिलतामाङ (वर्ष२२)
निश्चलकेसी (पाइलट)
२३ भदौ २०७५